ललितपुरमा ३ घण्टा टेलिफोन सेवा अवरुद्ध, ४०० लाईन प्रभावित | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

ललितपुरमा ३ घण्टा टेलिफोन सेवा अवरुद्ध, ४०० लाईन प्रभावित

telephone abarudha

अप्सरा गौतम
ललितपुर, १९ कात्तिक । सोमबार बिहान ललितपुरका केहि ठाँउमा टेलिफोन अबरुद्ध हुदा उपभोक्ताहरुले टेलिफोन सेवा पाउन सकेनन । पुलचोकमा रहेको सिस्टममा गडबढी देखीएका कारण टेलिफोन सेवा ३ घण्टा अवरुद्ध हुन पुग्यो जसका कारण कुपण्डोल क्षेत्रका चार सय लाईन प्रभावित भए ।

उपत्यकामा कहिले खानेपानी त कहिले सडक विस्तारका नाममा टेलिफोन सेवा अवरुद्ध भईरहने गर्दछ । यसका साथै नेपाल टेलिकमको सिस्टममा आउने खरावी कारण पनी टेलिफोन अवरुद्ध हुँदै आएको छ । सोमवार पनी ललितपुरमा सिस्टममा आएको समस्याका कारण विहानभरीनै नेपाल टेलिकमको ल्यान्डलाइन टेलिफोन अवरुद्ध भयो ।

सिस्टममा आएको खरावीका कारण ललितपुरको कुपण्डोल देखी बखुन्डोल सम्मको चार सय ल्यान्डलाइन टेलिफोन लाईन प्रभावित भयो । टेलिफोन प्रभावित भए संगै ईन्टरनेटमापनि समस्या आएका कारण कार्यालयहरुको काम समेत प्रभावीत भएको थियो । तर टेलिकमले भने सिस्टमका कारण कहिले काँहि यस्ता समस्या हुनसक्ने बताएको छ ।

यस्तो समस्या आएमा टेलिकमले प्राथमिकताका साथ मर्मतको कार्य गर्ने ल्यान्डलाइन विभागका विभागिय प्रमुख सुरत बहादुर मल्लले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);