चिनीको ठोस मुल्य निर्धारण नहुँदा सयौं टन चिनी गोदाममा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

चिनीको ठोस मुल्य निर्धारण नहुँदा सयौं टन चिनी गोदाममा

तेज बोहोरा

कैलाली, १२ कात्तिक । दसैं, तिहार र छठलाई लक्षित गरी सुपथ मूल्य पसलका लागि आएको चिनी धनगढी स्थित साल्ट ट्रेडिङको गोदाममै थन्किएर बसेको छ । सरकारले चिनीको ठोस मुल्य निर्धारण नगर्दा सयौं टन चिनी गोदाममा थन्किएर बसेको हो ।

दसैं, तिहार र छठ पर्वमा सुपथ मुल्य पसलका लागि आएको चिनी धनगढी स्थित साल्ट ट्रेडिङको गोदामै थन्किएर बसेको छ । दसैं अगाडी देखि नै चिनीको मुल्यमा ठोस निर्णय नआउँदा चिनी गोदाममा थन्किएर बसेको साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय धनगढीका सहायक महाप्रबन्धक केशव प्रसाद पाण्डेले बताए ।

साल्ट ट्रेडिङको क्षेत्रीय कार्यालय र अन्य ठाउँमा रहेका डिपोमा करिब साढे ५ सय क्विन्टल चिनी एक महिनादेखि थन्किएर बसेको छ । चिनीको मूल्य निर्धारण नभएपछि ट्रेडिङले सुदूरपश्चिम प्रदेशका सात ठाउँमा सञ्चालन भइरहेका सुपथ मूल्य पसलमा नूनमात्र बिक्री गरिरहेको छ ।

सरकारले चाडपर्वलाई लक्षित गरी सुपथ मूल्य पसलबाट बिक्री गर्न भन्दै चिनी प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरेको थियो । तर, संसदको सार्वजनिक लेखा समितिले चिनीको मूल्य प्रतिकिलो ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएपछि अहिले देशभर नै सुपथ मूल्य पसलबाट चिनीको बिक्री वितरण रोकिएको छ ।

यसले चाडपर्वका वेला सर्वसाधरण मारमा परेको साल्ट ट्रेडिङ क्षेत्रीय कार्यालय धनगढीका सहायक महाप्रवन्धक केशव प्रसाद पाण्डेले बताए ।

साल्ट ट्रेडिङले ७७ रुपैयाँ प्रतिकिलोमा आयात गरिएको चिनी ६३ रुपैयाँमा बेच्दा टाट पल्टिने भन्दै बिक्री रोकिएको बताइएको छ । चाडपर्वमा अरु बेला भन्दा चिनीको खपत बढी हुन्छ ।

सरकारले हरेक वर्ष दसैं, तिहारका बेला सर्वसाधारणलाई सहुलियत दिन बजारको भन्दा कम मूल्यमा चिनी र नून बिक्री गर्दै आएको छ । तर, यस पटक सहुलियत दरका पसलबाट चिनी बिक्री नभएपछि बजारबाट महङ्गोमा चिनी किन्नुपरेको सर्वसाधारणले गुनासो गरेका छन् ।

गत वर्ष दसैं–तिहारका अवसरमा सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिएका सुपथ मूल्य पसलबाट साल्ट ट्रेडिङ्गले १ लाख ३९ हजार ७ सय ७३ किलो चिनी र ९७ हजार ८ सय ६५ किलो नून बिक्री गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);