कांग्रेसले उत्पादन र वितरणमा जोड दिनुपर्छ : महत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेसले उत्पादन र वितरणमा जोड दिनुपर्छ : महत

नेपालगञ्ज, १२ कात्तिक । नेपाली काँग्रेसका सहमहामन्त्री डाक्टर प्रकाश शरण महतले कांग्रेसले उत्पादन र वितरणमा जोड दिनुपर्ने बताएका छन् ।

काँग्रेसले सोमबार नेपालगञ्मा आयोजना गरेको कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले दुइ खम्बे आर्थिक नीति अवलम्बन गर्दै आर्थिक उत्पादनमा जोड दिनुपर्ने बताए । उनले उत्पादन बढाउने र उत्पादनको पहुँचमा आम नागरीकलाई पु-याउन सके मात्र पार्टीको नीति सफल हुने धारणा राखे ।

सहमहामन्त्री महतले गरिबी बड्नु प्रजातान्त्रिक समाजबादको लक्ष्य नभएको र समृद्धि बड्ने खालको आर्थिक नीति हुनुपर्ने बताए । कार्यक्रममा प्रदेश–५ र ६ का काँग्रेस नेता, कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);