नेकपा भित्रको आन्तरिक किचलोले जनतामा अहिलेको प्रणालीमाथि नै भ्रम पैदा हुन थाल्यो : प्रकाशसरण महत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेकपा भित्रको आन्तरिक किचलोले जनतामा अहिलेको प्रणालीमाथि नै भ्रम पैदा हुन थाल्यो : प्रकाशसरण महत

काठमाडौं, ३ मंसिर । सत्तारुढ दलको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको कांग्रेसले बताएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि नै जनताले आशंका गरिरहेको कांग्रेसको भनाई छ ।

निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री प्रकाशसरणले महतले बताउनुभयो ।

सहमहामन्त्री महतले प्रणालीमाथि नै आक्रमण गरेर धमिलो पानीमा खेल्न खोजेपनि देश त्यो बाटोमा जान नसक्ने बताउनुभयो ।उहाँले भन्नुभयो,‘‘प्रणालीको कुरा होइन् । निर्वाचित भएर आएकाहरुले जनतामाथि विश्वासघात गरेकाले जनतामा प्रणालीको नराम्रो हो की भन्ने परेको छ । तर त्यो होइन् । जनताले अर्को निर्वाचनमा अर्को विकल्प खोज्ने हो । सरकारले रहँदासम्म सरकार लाई सच्चिनका लागि बाध्य पार्न सबैले आवाज बुलंद गर्नुपर्छ । प्रणालीमाथि आक्रमण गरेर धमिलो पानीमा खेल्न खोज्दैछन् । त्यो बाटोमा देश जान सक्दैन् ।’’

उहाँले सरकार संवेदनशिल नबनेका कारण महामारी नियन्त्रण बाहिर गएको समेत बताउनुभएको छ । महामारी विरुद्धको लडाईमा सरकारले सुरुवाती दिनदेखि आइसोलेसन निर्माण÷व्यवस्थापन, क्वारेन्टिन व्यवस्थापन अस्पतालहरुमा बेडको व्यवस्था गरी अगाडी बढ्नुपर्नेमा त्यसो गर्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निर्वाचनमा गरेको बाचा विपरित सरकारले काम गरिहरेको छ । सरकारस संवेदनशिल भएको भए कोभिड सहजै नियन्त्रण गर्न सकिन्थ्यो । सुरुमा आइसोलेसन, क्वारेन्टिन, परीक्षण र अस्पताल सुव्यवस्थित गर्ने सरकारले तयारी गरेको भए यो वर्ष आउने थिएन् । अहिले सरकार औषधि खरिद र राहात वितरणको रुपमा फाइदा उठाउने अभियानमा लागेको छ ।’’

सहमहामन्त्री महतले जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको बताउनुभयो । संघ, प्रदेश र स्थानीय तहका तीनवटै सरकारप्रति जनताको विश्वास टुट्दै गएको पनि उहाँले बनाउनुभयो । सरकार महामारीबाट जनतालाई कसरी जोगाउने भन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नेकपाको झगडाले जनतालाई ठूलो असर परेको छ । यो सरकार निर्वाचित भएर आएदेखि नै आन्तरिक सत्ता संघर्षमा नेताहरु देखिन्छन् । प्रधानमन्त्री केपी शर्मा ओली जसरी भएपनि सत्ता टिकाउने र उहाँको ठाउँमा जान चाहाने नेताहरुले त्यो पुग्न गरिरहेको लडाईले नेपाली जनता मारमा परेका छन् ।’’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);