नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीको आन्तरिक बिवाद समाधानका लागि सहमति गर्न भन्दै आजको बैठक सार्न महासचिव विष्णु पौडेल मार्फत मंगलबार दाहाल समक्ष आग्रह गर्नुभएको थियो । तर दाहालले बैठक सार्नै पर्ने भएपनि सचिवालयबाटै निर्णय हुनुपर्ने अडान राख्नु भएको थियो ।

यसैबीच आज १ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सचिवालय बैठकका कारण २ बजे पछि बस्नेगरी सारिएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);