देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं : नेता रावल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं : नेता रावल

काठमाडौं, ३ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)स्थायी कमिटी सदस्य भीम रावलले फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलाग्न आग्रह गर्नुभएको छ ।

बुधबार सामाजिक संजालमा एक ट्वीटरमार्फत नेता रावलले नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो भन्ने कुरा बताउनुभएको छ । उहाँले बैठकबाट समस्याको समाधान खोज्नुपर्ने कुरा उल्लेख गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);