‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने सरकारको तयारी

वर्षमान पुन

काठमाडौं, १८ कात्तिक । सरकारले ‘हरेक घरः ऊर्जा घर’ अभियान संचालन गर्ने तयारी गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले उर्जामा सबैको पहुँच पुर्‍याउन सो अभियान संचालन गर्न लागिएको जानकारी दिनु भएको हो।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको २३ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले संचालनमा ल्याएको ‘सबैका लागि उर्जा’ अभियानलाई पनि परिणाममुखि बनाउनुपर्नेमा जोड दिनु भयो ।

दीगो विकास लक्ष्य हासिल गर्न पनि सो अभियानलाई परिणाममुखि बनाउनुपर्ने मन्त्री पुनको भनाई छ । सरकारले आर्थिक वर्ष २०८०/०८१ भित्र करिव १२ प्रतिशत जनतामा नविकरणीय उर्जाको माध्यामबाट स्वच्छ उर्जामा पहुँच पुर्‍याउने लक्ष्य लिएको छ । त्यसका लागि सरकारले विशेष नीति तथा कार्यक्रम अघि सारेको मन्त्री पुनको दावी छ ।

मन्त्री पुनले सरकारले लिएको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय संकल्पलाई पूरा गर्न पनि वैकल्पिक उर्जाको महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

ताजा समाचार