काठमाडौंमा २ दिने अन्तराष्ट्रिय सम्मेलन सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौंमा २ दिने अन्तराष्ट्रिय सम्मेलन सुरु

international conference

काठमाडौं, १८ असोज । व्यावसायिक तथा प्राबिधिक जनशक्तिको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले समग्र क्षेत्रको विकासका लागि नेपालले व्यवसायिक तथा प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धिमा जोड दिएको बताए । उनले दिगो विकासका लागि पनि विज्ञान र प्रविधिको क्षेत्रमा भएका उपलब्धिको सदुपयोग गरेर अघि बढनुपर्ने आवश्यकता औंल्याए ।

नेपालको व्यवसायिक तथा प्राविधिक क्षेत्रका संघ, संस्थाहरु सहभागी रहेको सो अन्तराष्ट्रिय सम्मेलनले मुलुकको समृद्धिका लागि आवश्यक प्राविधिक तथा व्यवसायिक क्षमताको विकास गराउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

२ दिनसम्म चल्ने सम्मेलनमा २१ भन्दा बढि देशका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);