आज स्वरसम्राट नारायण गोपालको २९ औ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आज स्वरसम्राट नारायण गोपालको २९ औ स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

Narayan Gopal

काठमाडौं, १९ मंसिर । आज स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै छ । असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायण गोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो ।

उहाँको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो । नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा हुनुभएका स्वरसम्राटका गीतहरु अहीले पनि त्यत्तिकै लोकप्रीय छन । उहाँका कालजयी गीतहले नेपाली गीत संगीतको स्वरुप नै बदलिदिएको छ । १ सय ३५ भन्दा बढी गीतमा आवाज भर्नुभएका उहाँका सबै गीत कालजयी छन् ।

‘यो सम्झिने मन छ, म बिर्सूं कसरी’, ‘आँखा छोपी नरोउ भनी भन्नु प¥या छ’, ‘एउटा मान्छेको मायाले कति’फरक पार्दछ, जस्ता कालजयी गीतहरुमा आवाज दिनुभएका स्वरम्राटको स्वर माधुर्यले अहिलेपनि लोकप्रियताको सगरमाथा चुमिरहको छ । स्वरसम्राटको सम्झना र नेपाली संगीतलाई जीवित राख्न नारायणगोपाल संगीत कोषले हरेक वर्ष उहाँको पुण्य तिथिमा काठमाडौंको महाराजगञ्जस्थित उहाँकै निवासमा कार्यक्रम गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);