नर्सिङका विद्यार्थीद्धारा वार्षिक परीक्षा बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

नर्सिङका विद्यार्थीद्धारा वार्षिक परीक्षा बहिष्कार

medical students

काठमाडौं, १९ मंसिर । सरकारले मेडिकल कलेज सञ्चालककै पक्षपोषण हुने गरी दुई शैक्षिक सत्रमा उठाएको बढी शुल्क मात्रै फिर्ता गर्ने सहमति गरेपछि विद्यार्थीहरू वार्षिक परीक्षा बहिष्कारमा उत्रिएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चितवन, युनिभर्सल, नेसनल र जानकी मेडिकल कलेजका पहिलो र दोस्रो वर्षका बिडिएस र नर्सिङका विद्यार्थीले बुधबारको परीक्षा बहिष्कार गरेका हुन् । यी कलेजका एमबिबिएस पहिलो र दोस्रो वर्षका विद्यार्थीले पनि बिहीबारदेखि तोकिएको परीक्षा बहिष्कार गर्ने निर्णय गरेका छन् ।

बुधबार चितवन मेडिकल कलेजका बिडिएस र नर्सिङका विद्यार्थीले परीक्षा बहिष्कार गर्दै प्रवेशपत्र जलाए । विद्यार्थीले आठवटै संकायका विद्यार्थीसँग असुलेको बढी रकम फिर्ताको माग गर्दै आएका छन्  ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);