मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मेडिकल कलेजका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

medical students

काठमाडौं, १९ मंसिर । बुधबारबाट शुरू भएको चिकित्सा शिक्षाका एमबीबीएस, बीडीएस र नर्सिङ विषयको परीक्षा बहिष्कार भएको छ। सरकार र विवादित मेडिकल कलेजबीच भएको सम्झौता नमान्ने भन्दै नेसनल मेडिकल कलेज (वीरगन्ज), चितवन मेडिकल कलेज (चितवन), युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (भैरहवा) र जानकी मेडिकल कलेज (जनकपुर) का विद्यार्थीले चिकित्साशास्त्र पहिलो वर्षको उक्त वार्षिक परीक्षा बहिष्कार गरेका हुन्।

मेडिकल कलेजले अवैधरूपमा उठाएको शुल्क फिर्ताको माग राखेका उनीहरूले माग पूरा नभएसम्म परीक्षामा सहभागी नहुने जिकिरका साथ आन्दोलनमा उत्रिएका छन्। सरकार र कलेज सञ्चालकबीच यही मंसिर १० गते २ बुँदे सहमति भएलगत्तै विद्यार्थीले सहमति कलेज सञ्चालकको हितमा भएको भन्दै विरोध जारी राखेका हुन्।

चितवन मेडिकल कलेजका सबै विद्यार्थीले प्रवेशपत्रसमेत च्याती परीक्षा बहिष्कार गरेका थिए। भैरहवास्थित युनिभर्सल कलेजका विद्यार्थीले परीक्षा बहिष्कार गरेर कलेज परिसरलाई मानवसाङ्लो बनाई घेराबन्दी गरेका थिए। उनीहरूले २० दिनदेखि रिले अनशन जारी राखेका छन्। यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);