चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी र प्रशासनबीच ५ बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी र प्रशासनबीच ५ बुँदे सहमति

चितवन, ४ असोज । चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थी र प्रशासनबीच ५ बुँदे सहमति भएको छ । सरकारले तोकेको भन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा समायोजन गर्न चितवन मेडिकल कलेज र विद्यार्थीबीच सहमती भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा शनिबार आन्दोलनरत विद्यार्थी, चितवन मेडिकल कलेज र विद्यार्थीका प्रतिनिधिको त्रिपक्षीय छलफलमा ५ बुँदे सहमति भएको हो ।

बैठकले शुल्कसम्बन्धी अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयका एक–एक जना प्रतिनिधि, चितवन मेडिकल कलेजका दुई जना प्रतिनिधि, आन्दोलनरत विद्यार्थीका दुई जना प्रतिनिधि र अभिभावकको तर्फबाट एक जना प्रतिनिधि रहेको कार्यदल गठन गरिएको छ ।

कार्यदलले थप शुल्क लिए नलिएको अध्ययन गरेर असोज १० गतेभित्र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन बुझाउने छ । प्रतिवेदनअनुसार थप कदम चाल्ने सहमति भएको चितवन मेडिकल कलेजले जनाएको छ । यससँगै तीन हप्तादेखि जारी विद्यार्थीहरुको आन्दोलन फिर्ता भएको छ भने आइतबारदेखि नै पठनपाठन सुरु हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);