चितवन मेडिकल कलेजले विद्यार्थीसंग चर्को शुल्क उठाउने गरेको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चितवन मेडिकल कलेजले विद्यार्थीसंग चर्को शुल्क उठाउने गरेको गुनासो

प्रनिश थापा

चितवन, २८ पुस । चितवन स्थित मेडिकल कलेजले विद्यार्थीहरुसंग चर्को शुल्क उठाउने गरेको पाईएको छ । आइओएमले तोकेको भन्दा ४ लाख वढी रकम विद्यार्थीसंग माग गर्ने गरेको विद्यार्थीले गुनासो गरेका छन् ।

भरतपुर स्थित चर्चित मेडिकल कलेज हो चितवन मेडिकल कलेज । बारम्वार विवादमा आई रहने यो कलेजले विद्यार्थीसंग चर्काे शुल्क उठाउने गरेको गुनासो फेरी छताछुल्ल भएको छ । सरकारले तोकेको भन्दा करीब ४ लाख रुपैयाँ भन्दा बढी शुल्क अभिभावक र विद्यार्थीहरुसँग माग गर्ने गरेको विद्यार्थीहरु बताउँछन् ।

आइओएमले बिएस्सी नर्सिङ कोर्सको लागि कुल ७ लाख ४८ हजार तोकेकोमा सिएमसीले प्रति विद्यार्थी ४ लाख बढी शुल्क नतिरेसम्म अन्तिम परीक्षाको फर्म भर्न समेत नदिने चेतावनी दिँदै आएको विद्यार्थीहरुेका गुनासो छ ।

कलेजले विद्यार्थीसंग मनलाग्दी शुल्क लिईरहेको त छँदैछ, फेरी फारम शुल्क भनेर एक लाख रुपैयाँ माग गर्ने गरेको समेत विद्यार्थीहरु बताउँछन् । मेडिकल कलेजले आफुहरुले प्रशासन देखि सञ्चारमाध्यमहरुलाई समेत करोडौंमा रुपैयाँमा किनेको र बिरोधमा उत्रिए कलेजबाटै निष्कासन सम्म गरिदिने चेतावनी दिएको विद्यार्थीहरु बताउँछन् । यता, जिल्ला प्रशासन कार्यालय, चितवनले समेत कलेज संचालकलाई उपस्थित गराएर सचेत गराएको छ । कार्यन्वयन भने भएको छैन ।

यसरी चितवन मेडिकल कलेजले विरामीको स्वास्थ्यमा पनि चरम खेलवाड गर्ने गरेको पाइएको छ । अस्पतालले संचालनमा ल्याएको क्यान्टिनको फोहोर ब्यवस्थापनमा लापरवाही गर्ने गरेको भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरले अस्पताललाई सरसफाईमा ध्यान दिन समेत निर्देशन दिएको थियो । तर, राजनैतिक पँहुच र आडमा यो कलेजले कानुनको धज्जी उडाइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);