बैतडीको पाटन नगरपालिकाको आफ्नै भवन हुँदा पनि भाडाको घरमा कार्यालय | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बैतडीको पाटन नगरपालिकाको आफ्नै भवन हुँदा पनि भाडाको घरमा कार्यालय

प्रेम भाट

बैतडी, २८ पुस । बैतडी जिल्लामा अधिकांश स्थानीय तहका कार्यालयहरुको पर्याप्त कोठा र भवन नहुँदा समस्या भईरहेका वेला पाटन नगरपालिकासंग भने आफ्नै भवन हुँदा हुँदै घरभाडा तिरेर कार्यालय संचालन गरेको पाईएको छ ।

देश संघीय संरचनामा गईसकेपछि जिल्लाका महिला तथा बालबालिका कार्यालय, कृषि सेवा केन्द्र र पशु सेवा कार्यालयका भवन नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । ती भवनहरु अहिले खाली छन् । तर, नगरपालिका भने निजी घर भाडामा लिएर बार्षिक ४ लाख ९८ हजार रुपैयाँ तिरेर कार्यालय संचालन गरिरहेको छ ।

नगरपालिकाले आफ्ना भवनहरु समेत भाडामा लगाएको छैन । जसका कारण लाखौ आम्दानी गुमाइरहेको जनप्रतिनिधी बताउँछन् । पाटन नगरपालिका–६, का वडा सदस्य करन सिंह कठायतले यसका विषयमा कुरा उठाएपनि सुनुवाई नभएको बताए ।

जिल्लाका सरकारी कार्यालयहरु हटेसँगै असोज २१ गते यी भवनहरु पनि नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । तर, नगरपालिकाले अग्रसरता नदेखाउँदा व्यर्थमा निजी घरमा भाडा तिरेर सरकारी पैसा दुरपयोग गरिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);