धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण

बाग्लुङ । बाग्लुङ नगरपालिकाले धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण गरेको छ । नगरपालिकाको १२ लाख २० हजार र धौलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी कुल १४ लाख २० हजार रुपैयाँ कर छुटसहित शवबहान खरिद गरी हस्तान्तरण गरेको हो । अस्पतालमा यसअघि शवबहान नहुँदा एम्बुलेन्सले शव बोक्दै आएको थियो । 

कोरोनाको संकटकालिन अवस्थामा बाग्लुङ नगरपालिकाले निजी सवारीसधान भाडामा लिएर अस्थायी शवबहानको रुपमा प्रयोग गर्न अस्पताललाई उपलब्ध गराएको थियो । जिल्लाका कुनै पनि स्थानीय तह र सरकारी अस्पतालमा शवबहान नभएपछि नगरपालिकाले खरिद गरेको बाग्लुङ नगरपालिकका प्रमुख जनकराज पौडेलले बताए ।

निजी सवारीसाधानले शव बोक्न नमान्ने र बाध्य भएर बोक्नु पर्ने भए बढी शुल्न लिने गरेको गुनासो बढेपछि नगरपालिकाले स्थानीयको आवश्यकतालाई ध्यानमा राखेर शवबहान खरिद गरेको मेयर पौडेलको भनाइ छ । शवबहान सञ्चालन र व्यवस्थापनका लागि अस्पताललाई हस्तान्तरण गरेको हो । 

‘अब एम्बुलेन्सले शव बोक्नु पर्ने बाध्यता हटेको छ,’ अस्पतालका प्रमुख डा. सैलेन्द्र विक पोखरेलले भने, ‘सेवाग्राहीले महंगो भाडा तिरेर निजी सवारीको प्रयोग पनि गर्नुपर्ने छैन ।’  नगरपालिका र अस्पतालले संयुक्त कार्यविधि बनाएर शवबहान सञ्चालन हुनेछ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);