पञ्चदेवल नगरपालिकाले बयालपाटा अस्पताललाई दियाे पाँच लाख अनुदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

पञ्चदेवल नगरपालिकाले बयालपाटा अस्पताललाई दियाे पाँच लाख अनुदान

सुर्खेत। अछामको पञ्चदेवल विनयाक नगरपालिकाले बयालपाटा अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ । नगरपालिकाले अस्पतालको व्यवस्थापनका लागि पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

पञ्चदेवल विनायक नगरपालिकाले दिएकाे याे रकम अस्पतालको व्यवस्थापनमा खर्च हुने नगरपालिकाका उपप्रमुख हर्कबहादुर रावलले बताए । दुर्गम क्षेत्रमा सञ्चालनमा आएको अस्पताललाई सहयोग पुगोस् भनेर अनुदान प्रदान गरिएको नगरपालिका–६ का वडा अध्यक्ष कमल रावलले जानकारी दिए ।  सन् २००७ मा स्थापना भएको अस्पतालले कालीकोट, अछाम, दैलेख, डोटी र बाजुरा जिल्लाका बिरामीको उपचार गर्ने गरेको छ । दुर्गममा रहेको अस्पतालले हाल बाहिरंग सेवा, २४सै घण्टा अन्तरंग, आकस्मिक, प्रयोगशाला तथा एक्सरे सेवाहरू प्रदान गर्दै आइरहेको छ भने शल्यक्रियामार्फत प्रसुति सेवा, हर्निया तथा हाईड्रोशील र एपेन्डिसको आकस्मिक सर्जरी, हाडजोर्नीका सर्जरी निःशुल्क प्रदान गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);