संरक्षणको अभावमा जीर्ण बन्दै अछामको 'पञ्चदेवल' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

संरक्षणको अभावमा जीर्ण बन्दै अछामको ‘पञ्चदेवल’

panchadebal

सुशील भण्डारी
अछाम, २० जेठ
। अछामको ऐतिहासिक रुपमा रहेको बिनायकको पञ्चदेवल संरक्षणको अभावमा जीर्ण भएको छ । स्थानीयले पञ्चदेवलको स्तरोन्नति गरेर पर्यटकीय क्षेत्रमा विकास गर्न माग गरेका छन् ।

अछामको चिनारीको रुपमा रहेको पञ्चदेवल जिर्ण भएको छ । ईस्वी सम्वद १३३७ मा खस राज्यका राजकुमार अक्षय मल्लले पञ्चदेवलको निर्माण गरेका थिए । मासको पिठोबाट गारो बनाइ पाँचवटा देवल बनाइएको हो । तर पछिल्लो समय पञ्चदेवलको वरिपरि फोहोर थुपारिएको छ ।

पञ्चदेवलको संरक्षणका लागि बजेट निकासा भएपनि ठेकेदारले स्तारोन्नति गरेको छैन । झण्डै आठ सय वर्ष पुरानो पञ्चदेवल संरक्षणप्रयास नभएको स्थानीयवासीको गुनासो छ। पुरानो इतिहास बोकेको पञ्चदेवलको संरक्षण नहुँदा इतिहास नै मेटिन लागेको स्थानीयको गुनासो छ ।

पञ्चदेवलकै नामबाट पञ्चदेवल बिनायक नगरपालिका नाम राखिएको छ । तर नगरपालिकाले पञ्चदेवलको स्तरोन्नतिमा चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । सरोकारवालको दबाबपछि नगरपालिकाले पञ्चदेवलको संरक्षणका लागि गुरु योजना बनाएर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

पञ्चदेवलको स्तरोन्नति गरेर पर्यटकीय क्षेत्रमा विकास गर्ने हो भने सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);