कर्णाली करिडोरको ४० किलोमिटर सडक निर्माण अन्तिम चरणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

कर्णाली करिडोरको ४० किलोमिटर सडक निर्माण अन्तिम चरणमा

karnali corridor

रमेश रावल
कालिकोट, २० जेठ
। कर्णाली करिडोर अन्तर्गतको कालिकोट लालीघाटदेखि बाजुरासम्मको ४० किलोमिटर सडक निर्माण अन्तिम चरणमा पुगेको छ । सो सडकखण्डको ३८ दशमलव ५ किलोमिटरमा ट्रर्याक खोलिएको छ । सेनाले यही बर्ष सडक विभागलाई हस्ताणतरण गर्ने तयारी गरेको छ ।

कर्णाली करिडोर अन्तर्गतको कालिकोट बाजुरा हुँदै हुम्लाको सिमिकोटसम्म पुग्ने १ सय ९६ किलोमिटर सडकमध्ये कालिकोट सडकखण्डको ४० किलोमिटर सडक निर्माण अन्तिम चरणमा पुगेको छ । सो सडकखण्डको ३८ दशमलव ५ किलोमिटरमा ट्रर्याक खोलिएको छ । खुलालुदेखि लालीघाटसम्मको १ दशमलव ५ किलोमिटर सडक बनाउन बाँकी छ । नेपाली सेनाले निर्माण गरिरहेको सो सडक यही आर्थिक बर्षमा सडक विभागलाई हस्ताणतरण गर्ने तयारी गरेको छ ।

कर्णालीको समग्र विकासका लागि सो सडकखण्ड महत्वपूर्ण मानिएको छ । कर्णाली करिडोर निर्माणले पूर्णता पाए उत्तरी चीनको सीमा हिल्साबाट दक्षिणी भारतीय सीमा जमुनाहसम्म जोडिने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);