हिमाली गाउँपालिकामा पहिलाे पटक गाडी पुग्दा स्थानीय हर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हिमाली गाउँपालिकामा पहिलाे पटक गाडी पुग्दा स्थानीय हर्षित

gadi pugda harshit

मदन बिक
बाजुरा, २७ चैत । बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा पहिलो पटक गाडी पुग्दा स्थानीय वासिन्दा हर्षित भएका छन् । जिल्लाको उत्तरीभेगमा पर्ने हिमाली गाउँपालिकामा कर्णाली करिडोरको ३१ किलो मिटर सडक सञ्चालनमा आएपछि गाउँमै गाडी देख्न र यात्रा गर्न पाएर स्थानीयले खुशी व्यक्त गरेका छन् ।

बाजुराको हिमाली गाउँपालिकामा पहिलो पटक गाडी पुगेपछि स्थानीय खुशी भएका छन् । नेपाली सेनाले निर्माण गरेको कर्णाली करिडोर अन्तर्गत बाजुरा खण्ड कालिकोट र बाजुरा सिमाना लैफूदेखि बाजुराको लेब्डीसम्म ३१ किलोमिटर सडक सञ्चालनमा आएपछि सो क्षेत्रमा यातायात सेवा सञ्चालनमा ल्याइएको हो ।

बाजुराको सबैभन्दा दुर्गम मानिएका हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकामा यातायातको पहुँच पुगेपछि कालिकोट र मुगुका स्थानीयलाई समेत सहज भएको छ । गाँउ मै गाडी पुग्दा स्वास्थ्य सेवादेखि खाद्यान्न ओसारपसारका लागि समेत सहज भएको छ ।

सडक संचालनमा आएसंगै यातायात पुगेपछि यतिबेला कालिकोट, मुगु र हुम्ला अन्तर्गत दुर्गम क्षेत्रका बासिन्दालाई सहज हुने भएको छ । पहिले यातायात सेवा नहुँदा विरामीलाई उपचारका लागि कोल्टी तथा अन्य सुविधा सम्पन्न ठाउँमा लैजान पनि समस्या हुने गरेको थियो । अहिले गाउँघरमै गाडी पुगेकोमा स्थानीयहरुले भाग्यमानी महशुस गरेको हिमाली गाँउपालिका–५ का अध्यक्ष अम्मलाल कार्कीले बताए ।

अहिले स्थानीय सडकमा जिप र मालवाहक ट्रक मात्र सञ्चालनमा ल्याईएका छन् । सडक विभागलाई सेनाले हस्तान्तरण नगर्दै सीमित सवारीसाधन सञ्चालनका लागि सडक सञ्चालनमा ल्याइएको हो ।

नेपाली सेनाले जिम्मा लिएको कर्णाली करिडोर कालिकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्म एक सय ४५ किलोमिटर छ । कालिकोटमा ४० किलोमिटर, बाजुरामा ४४ किलोमिटर र बाँकी हुम्ला जिल्लामा छ । बाजुरा र हुम्लाको बीचमा रहेको कवाडी नदीमा पुल बनाउने काम भइरहेको र उक्त पुल सम्पन्न हुनेबित्तिकै सडक यातायातले हुम्ला छुने भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);