कालिकोटको छाप्रे गाउँमा पहिलो पटक गाडी पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

कालिकोटको छाप्रे गाउँमा पहिलो पटक गाडी पुग्यो

कालिकोट, ३ असार । कालिकोटको तिलागुफा नगरपालिकाको वडा नम्बर ७ र ८ को छाप्रे गाउँमा पहिलो पटक गाडी पुगेको छ । नगरपालिकाको सक्रियतामा सडक निर्माण गरेर पहिलो पटक गाउँमा गाडी पु-याइएको हो ।

कर्णाली राजमार्गबाट पाखेढुङ्गा ओखरभिटा हुदैँ कालिका माध्यामिक बिद्यालय छाप्रेसम्मको ११ किलोमिटर सडक निर्माण गरिएको हो ।

नगरपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको जनाएको छ । गाउँमा बस पुगेपछि आवात–जावत र सामान ढुवानीमा सहज भएको भन्दै स्थानीय हर्षित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);