बझाङको मतुवा गाउँमा पहिलो पटक जिप पुग्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

बझाङको मतुवा गाउँमा पहिलो पटक जिप पुग्यो

ललित सिंह
बझाङ, १९ फागुन । बझाङको खप्तड छान्ना गाउँपालिकाको मतुवा गाउँपालिका यातायात संजालसँग जोडिएको छ । सडक बनेपछि पहिलो पटक मतुवा गाउँमा जीप पुगेको हो । गाउँमा जीप गुड्न थालेपछि लामो समयदेखिको सपना पुरा भएको भन्दै स्थानीय हर्षित भएका छन् ।

बझाङ मतुवाबासीको गउँमै गाडी गुडेको हेर्ने सपना पुरा भएको छ । स्थानीय तहको निर्वाचनपछि बझाङको खप्तड छान्ना गाउँपालिकाको मतुवा गाउँ यातायात संजालसँग जोडिएका हो । गाउँपालिकाको २५ लाखको लागतमा सडक बनेपछि पहिलोपटक जीप पुर्याइएको हो ।

गाउँमा जीप पुगेपछि सो गाउँको मुहार नै फेरिएको छ । बाजे बराजुले देखेको सपना साकार भएको भन्दै अगुवाहरुले विकासको काममा राजनीतिक दलहको पक्ष विपक्षमा लाग्न नहुनेमा जोड दिएका छन् ।

स्थानीय तहको निर्वाचनपछि बझङमा विकासका कामले तिव्रता लिएको छ । खप्तड राष्ट्रिय निकुञ्जसँग जोडिएको सो गाउँमा सहज तरिकाले यातायातका साधन चलाउन स्थानीय तहले तयारी गरेको छ । गाउँमा गाडि गुडेको हेर्ने सपना पुरा भएको भन्दै अब मतुवा गाउँलाई समृद्ध बनाउन राजनीतिक दल स्थानीय एकजुट भएका छन् ।

यातायातको साधन नचल्दा हिडेर यात्रा गर्नुपर्ने र भारी बोकेरै सामान ढुवानी गर्नुपर्र्ने बाध्यता थियो । अहिले गाउँमै जीप चल्न थालेपछि स्थानीयको जनजीवन सहज भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);