लामावासीको गुनासो : टावर आएन, भोट केमा हाल्ने ?   | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

लामावासीको गुनासो : टावर आएन, भोट केमा हाल्ने ?  

मुगु । सदरमुकाम गमगढी बजारदेखि झण्डै दुई/तीन दिन पैदल यात्रा हिँडेर डोल्फु पुगिन्छ । जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिका-१ स्थित उक्त गाउँमा लामा समुदायको बाहुल्यता छ । डोल्फु गाउँमा अन्य जातिभन्दा लामा समुदायका मानिस बस्छन् ।

उक्त गाउँमा ४६ घरधुरी रहेका छन् । स्थानीयको मुख्य पेसा यार्सागुम्बालगायत विभिन्न प्रकारका जडीबुटी संकलन गरी बिक्री गर्नु रहेको छ । लामा समुदायले घर पालुवाको रूपमा हिमाली क्षेत्र पाटन तिर अवस्थित चौरी, घोडाघोडी पाल्ने गरेका छन् । यो क्षेत्र भनेकै मुगु जिल्लाको हिमाली क्षेत्रमा पर्छ । यो स्थानमा चिसो बढी हुन्छ ।

हिउँद महिनामा हिउँ पर्ने भएकाले केही व्यक्ति सोही गाउँमै बस्छन् । केही व्यक्ति बसाइसराइ गरेर आफ्नो पाइक पर्ने स्थानमा गएर बस्छन् । चिसो महिनालाई जेनतेन कटाएर तातो महिना सुरु भएपछि फागुन महिनामा गाउँघर सम्झेर जाने गरेको स्थानीय तेन्जिङ छोई साङ लामाले बताए ।

दुःख पोख्दै उनले डोल्फु गाउँ त मुगु जिल्लाको अन्तिम गाउँ हो । यो गाउँको छिमेकी देश चाइनासँग सीमा जोडिएको छ । तर, डोल्फुवासीको ठूलो समस्याको रूपमा टेलिफोनको टावर नहुनु रहेको उनले बताए । पहिले हेलो नेपालको टावर भए पनि बन्द भएको धेरै वर्ष भएको उनी बताउँछन् । टाढा रहेका आफन्तसँग कुरा गर्नका लागि करिब एक घण्टा हिँडेर नोरकी लेख डाँडामा पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।

फोन टावर मर्मत, नयाँ टावर जडानको लागि जिल्लास्थित सरोकारवाला निकायलाई भन्दा पनि कुनै सुनुवाइ नभएको लामाको गुनासो छ । उनले नेताहरूलाई वर्षौं बित्दा पनि टावर नआएको गुनासो गर्दै भोट केमा हाल्ने भनेर प्रश्न गरिरहेको बताउँछन् ।

२०७४ सालको तीनै तहको चुनावमा यहाँका नेताहरूले गाउँमा समस्या समाधान गर्ने भन्दै भोट मागेको भए पनि अहिलेसम्म समस्या ज्युकात्यु रहेको  कार्मारोङ्ग गाउँपालिका-१ का वडा सदस्य घोन्बु लामा (तामाङ)  बताउँछन् । उनी भन्छन् फेरी ५ वर्ष पछि स्थानीय तहको चुनाव आए छ , टावर छैन , कुरा गर्न पाएको छैन , भोट के मा हाल्ने हो , कस्तो हाल्ने हो , कसलाई हाल्ने हो ? भनेर नेताहरू लाई ब्यङग्य गरेका छन् । अहिले पनि उनीहरू सञ्चार क्षेत्र बाट वञ्चित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);