बाजुराको गौमुल गाउँपालिकामा पहिलो पटक इन्टरनेट सेवा शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाजुराको गौमुल गाउँपालिकामा पहिलो पटक इन्टरनेट सेवा शुरु

मदन बिक
बाजुरा, ५ चैत । बाजुराको गौमुल गाउँपालिकामा पहिलो पटक इन्टरनेट सेवा सुचारु भएको छ । इन्टरनेट सेवा संचालन भएसँगै गाउँपालिकाबाट हुने सबै काम कम्प्युटरबाट हुन थालेको छ।

विकासको सुचकांङकमा पछाडि परेको बाजुरा जिल्लाको गौमुल गाउँपालिकामा पहिलो पटक इन्टरनेट सेवा शुरु गरिएको छ । इन्टरनेट सेवा शुरु भएसँगै गाउँपालिकाले कार्यालयका सबै कामहरु इन्टरनेटबाट सञ्चालन गर्न थालेको छ ।

गाउँपालिकाको आफ्नै लगानीमा एक ठाउँमा रिले स्टेशन राखेर गाउँपालिकामा इन्टरनेट सेवा संचालनमा ल्याइएको हो । गाउँपालिकाको कार्यालयमा इन्टरनेट सेवा जडान भएपछि कार्यालयका सबै कामहरु ईन्टरनेट सेवाबाट गर्न सजिलो भएको गाँउपालिकामा कार्यरत कर्मचारीहरुरले बताएका छन् ।

गाउँमै इन्टरनेटको सेवा सुचारु भएपछि अब इन्टरनेट सेवाकै लागि जिल्ला सदरमुकाम मार्तडी जानु पर्ने बाध्यता हटेको छ । विस्तारै गौमुल गाउँपालिका भित्रका ६ वटै वडा र पालिका भित्रका सबै स्वास्थ्य संस्था र विद्यालयमा ईन्टरनेट सेवा विस्तार गरिने गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।

इन्टरनेट सेवा पुगेपछि बाजुराको गौमुल गाउँपालिकाका कर्मचारी तथा सर्वसाधारणलाई गाउँपालिकाका विभिन्न सेवाहरु प्रवाह गर्न सजिलो भएको छ । कार्यालयका सबै सेवा इन्टरनेटबाट सञ्चालन हुने भएपछि स्थानीयहरु पनि आफ्नो काम छिटो सकिनेमा आशावादी देखिएका छन् । तर इन्टरनेट सेवाले निरन्तरता पाउँछ कि पाउँदैन भन्नेमा भने स्थानीयहरु विश्वस्त हुन सकेका छैनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);