बाजुराको गौमुल गाउँपालिकामा रहेका २ वडा एकै साथ साक्षर घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बाजुराको गौमुल गाउँपालिकामा रहेका २ वडा एकै साथ साक्षर घोषणा

बाजुरा, १० मंसिर । बाजुराको गौमुल गाउँपालिकामा रहेका २ वटा वडा एकै साथ साक्षरता वडा घोषणा गरिएका छन् । गाउँपालिका भित्र रहेका ६ वडा मध्ये ४ र ५ नम्बर वडालाई गाउँपालिकाले पहिलोपटक साक्षर वडा घोषणा गरेकोे हो ।

गाउँपालिकाका दुई वटै वडा भित्र रहेका १८ वर्ष माथिका निरक्षर नागरिकहरुलाई साक्षर बनाउनका लागि केयर नेपाल÷गिफ्ट बाजुरा अबसर परियोजनाको साझेदारीमा साक्षरता बडा घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष हरीबहादुर रोकायाले आगामी फागुन मसान्त भित्र गाउँपालिका भित्रका सबै वडालाई साक्षर घोषणा गरेर जिल्लाकै पहिलो पूर्ण साक्षर गाउँपालिका बनाउने लक्ष्य रहेको बताए ।

शिक्षाको विकासले मात्रै समाजको विकास हुने बताउँदै अध्यक्ष रोकायाले भने यो साक्षर अभियानमा सबैले सहयोग गर्न आग्रह गरे ।

वडा भित्र रहेका विद्यालय जाने उमेरका सबै बालवालिकाहरु विद्यालयमा भर्ना भएका र बाँकी गाउँका सबै नागरिकहरु साक्षर भएपछि दुई ओटै वडालाई एकसाथ साक्षर वडा घोषणा गरिएको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);