बाजुराको बडीमालिका साक्षर नगर घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाजुराको बडीमालिका साक्षर नगर घोषणा

बाजुरा, ३१ असार । बाजुराको बडीमालिका नगरपालिकालाई नगर साक्षर घोषणा गरिएको छ । नगरपालिकाले कुल जनसख्ंयाको ९५ प्रतिशत नागरिक साक्षर बनाएपछि एक कार्यक्रमकाबीच संविधान सभा सदस्य महा नेपालीले नगरपालिकालाई नगर साक्षर घोषणा गरेका हुन् ।

नगरपालिकामा रहेका नौ वटै वडा भित्रको १५ देखि ६० वर्ष उमेर समूहको कुल जनसंख्या नौ हजार छ सय ९५ रहेको छ । नेपाल सरकार वर्ष २०७६ अवधारणा पत्रले तोकेको मापदण्डका आधारमा नगरपालिकाले ९ वटै वडाहरुमा १८ जना सर्वेक्षक खटाई साक्षर तथा निरक्षरहरुको तथ्यांक संकलन तथा विश्लेषण गरीएको थियो ।

सबै वडाहरुले  असार २६ र २७ गते नै साक्षर वडा घोषणा गरी नगर साक्षर घोषणाको मार्गदर्शन दिईसकेकाले नगरलाई साक्षर घोषणा गरिएको नगर प्रमुख पदम बडुवालले बताउनु भयो । बडीमालिका नगरपालिकालाई जिल्लाकै पहिलो नगरपालिकाको रुपमा घोषणा गरिएको हो ।

नगरभित्रका ९ वटै वडाहरुको जनसंख्या र साक्षरता तथा नगरपालिकाको १५ देखि ६० उमेर समुहका जनसंख्याको ९५ प्रतिशत भन्दा बढी देखिएकोले नगरपालिका साक्षर घोषणा गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिका भित्रका ९ वटै वडाको तीन हजार एक सय २९ घरधुरी रहेको छ भने नगरको कुल जनसंख्या १७ हजार दुई सय २७ रहेको छ ।

बाजुरा जिल्लाका ९ वटा स्थानीय तहमध्ये चार नगरपालिका र पाँच गाउँपालिका रहेका छन् । यस अघि यहाँका दुई गाउँपालिका गौमुल र खप्तड क्षेडेदह गाउँपालिका साक्षर घोषणा भईसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);