बैतडी देशकै ४९ औँ साक्षर जिल्ला घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

बैतडी देशकै ४९ औँ साक्षर जिल्ला घोषणा

बैतडी, ६ बैशाख । साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको झण्डै एक वर्षपछि बैतडी जिल्लालाई देशकै ४९ औँ साक्षर जिल्ला घोषणा गरिएको छ । १५ वर्षदेखि ६० वर्ष उमेर समुहका साक्षरता दर ९५ प्रतिशत भन्दा माथि भएमा साक्षर घोषणा गर्न सकिने राष्ट्रिय मापदण्ड अनुसार बैतडीलाई पनि साक्षर जिल्ला घोषणा गरिएको हो ।

बैतडीमा शुक्रबार आयोजित कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बैतडीलाई साक्षर जिल्ला घोषणा गरेका हुन् ।

जिल्लाका १० वटै स्थानीय तहले गत वर्ष नै साक्षर घोषणा गरिसकेका थिए । -याली र बाजागाजासहित जिल्लालाई साक्षर घोषणा गरिएको हो । आर्थिक वर्ष ०७१⁄०७२ मा गरिएको साक्षरता सर्वेक्षणको तथ्यांक अनुसार साक्षर घोषणा गरिएको हो ।

जसमा १५ वर्ष भन्दा माथिको निरक्षर संख्या ६४ हजार तीन सय ५७ मध्ये ५९ हजार नौ सय ९७ जना साक्षर रहेका छन् । जस अनुसार जिल्लाको साक्षरता दर ९६ दशमलव ५३ प्रतिशत रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);