प्रधानमन्त्री ओलीद्वारा कर्णेल थापाको पूर्ण कदको सालिक अनावरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रधानमन्त्री ओलीद्वारा कर्णेल थापाको पूर्ण कदको सालिक अनावरण

kp oli

बुटवल, ७ बैशाख । प्रधानमन्त्री ओलीद्वारा बुटवलको जीतगढी किल्लामा निर्माण गरिएको सालिक अनावरण गरेका छन् । प्रधानमन्त्री ओलीले आज बुटवल उपमहानगरपालिकामा रहेको जीतगढी किल्लामा निर्माण गरिएको कर्णेल उजुरसिंह थापाको पूर्ण कदको सालिक अनावरण गरेका हुन् ।

तिनाउ खोला किनारमा रहेको गढी क्षेत्रमा निर्माण भएको सालिक नौ फिट उचाइको छ । सालिकको छेउमा रहेको ४२ फिट उचाइको राष्ट्रिय झण्डाको पनि प्रधानमन्त्री ओलीले झण्डोतोलन गरे ।

१८७२ सालमा नेपाल र अंग्रेजबीच युद्ध हुँदा कर्णेल थापाको नेतृत्वको नेपाली फौज यही किल्लाबाट अंग्रेज फौजलाई परास्त गरेको थियो । नेपाली फौजसँग लडाईं हारेर अंग्रेज फौज दक्षिणतर्फ गएकोले कर्णेल थापाको सालिक दक्षिण तर्फ फर्काएर निर्माण गरिएको हो ।

आजै धानमन्त्री ओलीले कावासोतीमा आयोजना गरिएको बर्दघाट सुस्तापूर्व नवलपरासी जिल्लाको सदरमुकाम शिलान्यास र आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);