राणाहरूको सालिक ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राणाहरूको सालिक ( भिडियो रिपोर्ट )

बिशान्तर शाक्य \ माउन्टेन टेलिभिजन एचडि।

काठमाडौँ , पौष ०२ । १७  साल अघिसम्म विभिन्न स्थानमा रहेका ती शालिकहरु सडक विस्तार गर्ने क्रममा टुँडिखेलमा सारिएको हो । बेलायतमा बनाइएका ढलौटका घोडामा सवार सालिकहरूको कलाकृति र हाउभाउले वीरताको शान दर्शाउछ । अर्कोतर्फ पाश्चात्य कला भित्रिन थालेको महसूस पाइन्छ ।

यी शालिकहरुको बारेमा जानकारी :

१. राणा प्रधानमन्त्री जंगबहादुरको अश्वारोही सालिक 

टुँडिखेलको पश्चिमपट्टिे नागस्थाननिर घोडा माथि सवार पछिल्तिर फर्कीरहेको जहाँनिया राणा शासनका संस्थापक जंगबहादुर कुँवरको हो । यो सालिक मुनि रहेको मार्वल अभिलेखमा जंगबहादुरको प्रशस्ती मात्र छ । उक्त सालिकको अनावरण वि.सं. १९३५ मा भएको हो ।

२. राणा प्रधानमन्त्री रणोद्धिप सिंहको अश्वारोही सालिक

टुँडिखेलको दक्षिण–पश्चिम कूनामा दुवै खुट्टा उचालेको घोडाको आकर्षक सालिक छ । राणा प्रधानमन्त्री रणोद्धिप सिंहको यो सालिक स्थापना मिति भने सालिक मुनिको मार्वल अभिलेखमा पनि स्पष्ट उल्लेख छैन । तर रणोद्धिप सिंहले आफू जिवित छँदै ५९ वर्ष ६ महिनाको उमेरमा सालिक राखेको उल्लेख छ । यस सालिकको मुनि भाँचिएको तोप तथा तोपका पाङ्ग्राहरू देखाइ राखेको हुँदा यसमा युद्धको मैदानको एक झलक पाइन्छ ।

३. कमाण्डर इन चीफ जनरल धीर शमशेरको अश्वारोही सालिक

टुँडिखेलको महाँकाल भैरव मन्दिरको उत्तरपट्टिको सालिक धीर शमशेरको हो । वीरशमशेरले वि.सं. १९५० फागुन २८ गते पिता धीर शमशेरको संस्मरणमा सालिक स्थापना गराएको अभिलेखमा उल्लेख छ ।

४. राणा प्रधानमन्त्री वीर शमशेरको अश्वारोही सालिक

टुँडिखेलको नेपाल विद्युत प्राधिकरणको अगाडिको सालिक राणा प्रधानमन्त्री बीर शमशेरको हो । यो सालिक २०१७ साल अघिसम्म वीर अस्पताल अगाडिको दोबाटोको चोकमा रहेको देख्नेहरुको भनाइ छ । सालिकको अनावरण वि.सं. १९६४ मा भएको हो ।

५. राणा प्रधानमन्त्री चन्द्र शमशेरको अश्वारोही सालिक
भद्रकाली देवी पीठको दायाँपट्टि रहेको सालिक राणा प्रधानमन्त्री चन्द्र शमशेरको हो । चन्द्र शमशेरले इ.सं. १९२५ मा बनाएको सैनिक अस्पताल अगाडि टुँडिखेलबाट न्यूरोड जाने बाटोको चोकमा यहा सारिएको हो ।

६. राणा प्रधानमन्त्री जुद्ध शमशेरको अश्वारोही सालिक

टुँडिखेलभन्दा दक्षिणपट्टि भद्रकाली देबी पीठको बायाँपट्टि रहेको सालिक राणा प्रधानमन्त्री जुद्ध शमशेरको हो । यो सालिकको बनावट अन्य सालिकभन्दा केही भिन्न छ । अन्य सबै सालिकहरूमा श्रीपेच लगाइएको छ भने यो सालिकमा हेल्मेट स्वरूपको टोपी लगाइएको छ ।

यस सालिकको मुनि चारै पाटोमा जुद्ध शमशेरको कार्यकालमा भएका कामहरुको वर्णन शिलालेखमा उत्कीर्ण गरिएको छ । अभिलेख अनुसार २००५ साल जेष्ठ ३१ गते मोहन शमशेरबाट उद्घाटन गराई निजका पुत्र.जनरल. नारायण शमशेर ज.व.रा.ले राखेका हुन् ।

७. श्री ५ पृथ्वी वीर विक्रम शाहको अश्वारोही सालिक

टुँडिखेलसंगै पूर्वपट्टि भद्रकाली पीठको पूर्वपट्टि स्वर्गीय श्री ५ पृथ्वी वीर बिक्रम शाहदेवको सालिक उभ्याइएको छ । यस सालिकको अनावरण तत्कालीन श्री ५ त्रिभुवन वीर विक्रम शाहदेवबाट वि.सं. १९८६ फागुन २ गते सोमबार भएको उल्लेख छ । टुँडिखेलका यी सालिकहरूले तत्कालीन राणा शासकहरूको कलाकृतिप्रति शौख चित्रण गरेको छ । स्मारकहरू १०४ वर्षको राणाकालीन इतिहासको प्रतिबिम्बको रूपमा रहेकोले यसलाई संरक्षण गरी राख्नु राज्यको दायित्व हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);