बिमलेन्द्र निधिले भने– संसदीय दलको नेतामा मेरो भोट सभापति ज्यूलाई | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

बिमलेन्द्र निधिले भने– संसदीय दलको नेतामा मेरो भोट सभापति ज्यूलाई

काठमाडौं । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले संसदीय दलको नेतामा शेरबहादुर देउवालाई सघाउने बताएका छन् ।

कांग्रेस सभापति देउवाले आयोजना गरेको चियापान कार्यक्रमबाट बाहिरिने क्रममा माउण्टेन टेलिभिजनलाई संक्षिप्त प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन् ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसबाट निर्वाचित सांसदहरूलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज वालुवाटारमा चियापान कार्यक्रम अयोजना गरेका थिए ।

नवनिर्वाचित सांसदहरूलाई सभापति देउवाले बधाई तथा शुभकामना दिन चियापान कार्यक्रम आयोजना गरिएको स्रोतको भनाइ छ । तर, कतिपय सांसदले भने संसदीय दलको नेताको रुपमा आफूलाई अघि सार्ने तयारीका रुपमा चियापान कार्यक्रम बोलाएको अनुमान गरेका छन् ।

कांग्रेस संसदीय दलको नेताका लागि महामन्त्री गगन थापाले पनि तयारी तिब्र पारेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);