कालीगण्डकी नदीमा पहिलो पटक जलयात्राको सुरुवात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कालीगण्डकी नदीमा पहिलो पटक जलयात्राको सुरुवात

jal yatra kaligandaki

प्रकाश नेपाल
पाल्पा, ७ बैशाख
। कालीगण्डकी नदीमा पहिलो पटक सरकारी तहबाट जलयात्राको सुरुवात गरिएको छ । गण्डकी प्रदेश ४ र प्रदेश नम्वर ५ सिमाना भएर बग्ने उत्तर वाहिनी नदीमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न र नदीको महत्वका विषयमा उजागर गर्नका लागि जलयात्राको सुरुवात गरिएको हो ।

जलयात्राको प्रचुर सम्भावना बोकेको कालीगण्डकी नदीमा पहिलो पटक सरकारी तहबाट जलयात्राको सुरुवात गरिएको छ । गण्डकी प्रदेश ४ र प्रदेश नम्वर ५ को सिमाना भएर बग्ने उत्तर वाहिनी नदीमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न र नदीको महत्वका विषयमा उजागर गर्नका लागि जलयात्राको सुरुवात गरिएको हो । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पाल्पाको रामपुर नगरपालिकाको आयोजना, रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका र तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्राको सुरुवात गरिएको हो ।

जल यात्राको सम्भावना र अवसर भए पनि कालीगण्डकी जलविद्युत परियोजनाका कारण अवरुद्ध भएको जलयात्रा पाल्पा र स्याङ्जाको रामनदी घाट देखि पवित्र धार्मिक स्थल देवघाट जोड्ने उदेश्यले आयोजना गरिएको हो । नदीमा जलयात्राको माध्यमबाट धार्मिक पर्यटन भित्र्याउने अवसर प्राप्त हुने रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी बताउँछन् ।

कालीगण्डकी नदी आफैमा धार्मिक महत्व बोकेको भए पनि प्रचारप्रसारको कमीले गर्दा ओझेलमा पर्दै आएको थियो । धार्मिक तथा ऐतिहासिक महत्व वोकेको स्थान भएर पनि ओझेलमा परेपछि यसको महत्व दर्शाउनको लागि कालीगण्डकीमा जलयात्रा प्रारम्भ गरिएको हो । नदीको प्रचार प्रसार मार्फत धार्मिक पर्यटकहरुलाई पनि आकर्षण गर्न सकिने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको भनाई छ ।

जलयात्राका लागि त्रिशुली, भोटेकोसी, कर्णाली जस्ता नदी मात्र चिनिएको बेला कालीगण्डकी नदी पनि अब यसमा सुचीकृति भएको छ । यसपछि पर्यावरणसँग रमाउन चाहने तथा साहसिक काममा रमाउने पर्यटकको लागि कालीगण्डकी उपयुक्त गन्तव्य रहेको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने घोषणा गरेको तथा प्रदेश–५ सरकारले पनि लुम्बिनी भ्रमण वर्ष मनाउने तयारी गरिरहेको बेलामा कालीगण्डकी नदीमा जलयात्रा प्रारम्भ गरिदा यस क्षेत्रको विकासको लागि थप टेवा पुग्ने अपेक्षा गरिएको छ । कालीगण्डकीमा सुरु भएको जलयात्रा तथा जलमहोत्सवले यी भ्रमण बर्षहरुको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);