कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २४ २०८१, शनिबार

कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको कार्यालय उद्घाटन

बिमल क्षेत्री,
बुटवल । बहुप्रतिक्षित र महत्वाकांक्षी कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको काम अघि बढेको छ । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा उद्घाटन गरिएको छ । कार्यालयको उपप्रधानमन्त्री विष्णु पौडेलले शनिबार उद्घाटन गरेका हुन् ।

अर्थ सहित गृह, उद्योग बाणिज्य तथा आपूर्ति, उर्जा, जलश्रोत तथा सिंचाई गरी ५ वटा मन्त्रालयको जिम्मेवारी पाएका विष्णुप्रसाद पौडेलले बुटवलमा शनिबार आयोजनाको कार्यालय उद्घाटन गरेका हुन् । आयोजनाले रुपन्देहीसँगै कपिलवस्तु र पश्चिम नवरपरासीको समेत आर्थिक विकासमा ठूलो टेवा पु¥याउने पौडेलले बताए ।

गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने नारायणी नदीमा मिसिने कालीगण्डकीको पानी तिनाउ नदीमा मिसाएर रुपन्देही , कपिलवस्तु र नवलपरासीमा सिंचाइ गर्ने उद्देश्य आयोजनाको छ । कालीगण्डकीको पानी तिनाउ नदीमा खसालेर रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पु¥याउने तथा १ सय २६ मेघावाट विद्युत निकाल्ने योजना आयोजनाको छ । बुटवलमा कार्यालय स्थापना संगै आगामीे वर्षभित्र सक्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार हुने आयोजना प्रमुख सन्तोष कैनीले बताए ।

सरकारले कालीगण्डकी–तिनाउ बहुउद्देश्य परियोजनाको विस्तृत अवधारणा बनाउन आर्थिक वर्ष २०७१/७२, २०७२/७३ , २०७३/७४ र २०७५/७६ मा पनि बजेटको व्यवस्था गरेको थियो । डाईभर्सनमार्फत कालीगण्डकीको पानी तिनाउमा खसेपछि रुपन्देहीमा हाल सिंचाई भईरहेको क्षेत्रभन्दा ५३ हजार हेक्टर बढी क्षेत्रमा सिंचाई सुविधा पुग्ने छ ।

त्यस्तै कपिलवस्तुको पनि ५४ हजार गरी कुल १ सय ७ हजार हेक्टर खेतीयोग्य जमिन सिंचाई गर्ने सरकारको लक्ष्य छ । कुल १ सय ३८ अर्ब लागत अनुमान गरिएको यस आयोजनाको लागि विद्युत उत्पादनसम्म करिव ६४ अर्ब र सिंचाइ संरचना र सिंचित क्षेत्र विकासका लागि करिव ७४ अर्ब लागत अनुमान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);