गाईको मुत्र प्रशोधन गरि औषधिको रुपमा बिक्रि सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गाईको मुत्र प्रशोधन गरि औषधिको रुपमा बिक्रि सुरु

gaiko mutra

प्यूठान, ७ बैशाख । प्यूठानको स्वर्गद्धारी आश्रममा रहेका गाईबाट संकलित मुत्र प्रशोधन गरि औषधिको रुपमा बिक्रि गर्न सुरु गरिएको छ ।  स्वर्गद्धारी आश्रममा रहेका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मुत्र संकलन हुदै आएको छ ।

संकलित मुत्रलाई प्रशोधन गरि ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिने गरि गौअर्घको रुपमा बिक्रि गर्न सुरु गरिएको हो । झण्डै १ महिना अघि देखि गौअर्घको रुपमा प्रशोधित गाईको मुत्र बिक्रि गर्न सुरु गरिएको आश्रममा रहेका बाबुराम न्यौपानेले जानकारी दिए ।

८० लिटर गाई मुत्रलाई उमालेर बाफ निकाल्दै पुरै प्रशोधित गर्दा ४० लिटर गौअर्घ उत्पादन हुने न्यौपानेले जानकारी दिए । गौअर्घको मुल्य प्रतिलिटर १ सय ५० रुपैया राखिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);