बाराका स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बाराका स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव

bara aushadhi abhav

श्याम गुप्ता
बारा, ३१ असार । बाराको सरकारी अस्पताल तथा स्वाथ्य केन्द्रहरुमा औषधीको अभाव भएको छ । बाराको एक जिल्ला अस्पताल, छ प्राथमिक स्वास्थ्य केन्द्र, ९८ हेल्थपोष्ट र वडाहरुमा रहेका दर्जनौँ स्वास्थ्य केन्द्रहरुमा राज्यले निःशुल्क उपलब्ध गराँउदै आएका औषधिको अभाव भएपछि विरामीहरु निजी क्लिनिकहरुबाट महँगो मूल्यमा औषधि किन्न बाध्य भएका छन् ।

बाराका सरकारी स्वास्थ्य संस्थाहरुमा औषधीको चरम अभाव भएको छ । समाजका निम्न वर्ग, गरीब, मजदुर, किसानहरुको उपस्थिति हुने सरकारी स्वास्थ्य संस्थाहरुमा निशूल्क पाइने औषधी अभाव भएपछि विरामीहरु निजी क्लिनिकहरुबाट महगोँ मूल्यमा औषधी किन्न बाध्य छन् । बारामा रहेको जिल्ला अस्पताल, छ प्राथमिक स्वास्थ्य केन्द्र, ९८ हेल्थपोष्ट र वडाहरुमा रहेको दर्जनौँ स्वास्थ्य केन्द्रहरुमा औषधी त परको कुरा जीवनजल समेत पाइँदैन ।

स्वास्थ्य केन्द्र सिमराका डा.प्रमा रश्मिले राज्यले निःशुल्क उपलव्ध गराउने भनिएका औषधीहरु मध्ये आफुहरुसंग १६ प्रकारको औषधीहरु मात्र उपलव्ध रहेको बताउनु भयो ।

निःशुल्क उपलव्ध गराइने भनिएका औषधीहरु मध्ये संधै आवश्यक पर्ने जीवनजल समेत बिरामीलाई दिन नसकेको डा.रश्मिको भनाई छ । यस केन्द्रमा अनिवार्य हुनु पर्ने ३५ वटा औषधीहरु मध्ये ५० प्रतिशत भन्दा बढी औषधीको अभाव देखिएको छ । राज्यले ७० प्रकारका औषधीहरु निःशुल्क बितरण गर्ने गरे पनि स्वास्थ्य केन्द्रहरु स्थानीय तह अन्तर्गत आएपछि पछिल्लो डेढ वर्ष यता जिल्लाका स्बास्थ्य संस्थाहरुले यो समस्या भोग्दै आएका छन ।

जिल्लाका १६ वटै स्थानीय तहमा औषधीको चरम अभाव छ । स्थानीय सरकारले स्वास्थ्य संस्थाको पुर्वाधारं निर्माणमा चासो नराखेको र तीन महिनामा एक पटक आउने औषधी बिमारीको चापका कारण १५ दिनलाई पनि नपुग्ने गरेको डाक्टर अनुश थाले बताउनु भयो ।

कतिपय जिल्लाका स्थानीय तहरुमा केन्द्रबाट आउने क्षयरोय, कुष्ठरोग लगायतका औषधीहरु स्वास्थ्य केन्द्रमा नपठाई थन्किाएको अवस्थामा रहेको पाईएको छ । यता आफुहरुसंग सबै औषधीहरु भए पनि रुम व्यवस्थापन हुन नसक्दा समय मैं स्वास्थ्य केन्द्र सम्म पु¥याउन नसकेको जीतपुरसिमरा उपमहानगरपालिकाका स्वास्थ्य संयोजक बाबुलाल सहनिको भनाई छ ।

यसरी जिल्लाका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा निशूल्क पाइने औषधीहरुको अभावले विशेषगरी आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणहरुलाई मर्का परेको छ । सिंहदरबारको अधिकार गाँउगाँउमा भन्ने नारालाई स्थानीय सरकारले सार्थक तुल्याउँछ भन्ने विश्वास लिइएको छ । तर बारामा औषधीको हकमा भने यो उल्टो भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);