सिरहाका स्वास्थ्य चौकीमा औषधि आभाव, उपचारमा समस्या, विरामी मर्कामा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सिरहा, १५ कार्तिक। सिरहाका स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ । सरकारले उपलब्ध गराउने निःशुल्क औषधीको समेत अभाव हुँदा विरामी महंगो मूल्यमा औषधी किन्न बाध्य छन् ।

सिरहाको कर्जन्हा नगरपालिकामा रहेका बडहरामालको भुल्के स्वास्थ्य चौकी, कल्याणपुर कालाबंजरको बेतहामा रहेको स्वास्थ्य चौकीहरुमा औषधी अभाव छ । त्यस्तै सदरमुकाम सिरहासँगै जोडिएको विष्णुपुर गाउँपालिकाको लक्ष्मीपुर स्वास्थ्य चौकीमा पनि निःशुल्क वितरण गर्ने औषधीहरुको अभाव छ ।

औषधी अभाव हुँदा उपचार गर्ने स्वास्थ्य केन्द्रका इन्चार्ज एच/अहेवहरुले बाहिरै किन्न पुर्जी थमाउने गरेका छन् । कल्याणपुर कालाबंजरको बेतहा स्वास्थ्य केन्द्रमा कार्यरत स्वाथ्यकर्मीले सिटामोलदेखि छालामा हुने सक्रमण, एन्टीबायोटिक, घाउ सफा गर्न प्रयोग गरिने बेटाडिन मैनौदेखि अभाव रहेको बताउँछन् ।

स्वास्थ्य केन्द्रहरुमा गर्भवती महिलाहरुलाई दिईने जुकाको औषधीसँगै नियमित सेवन गर्नुपर्ने आयरन चक्कीको समेत अभाव छ । स्वास्थ्य केन्द्रहरुमा आयरन चक्की अभाव भएपछि गर्भवतीलाई पूर्जि लेखेर बाहिरै किन्ने सल्लाह दिने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

सिरहाका अधिकांश गाम्रीण क्षेत्रका स्वास्थ्य केन्द्रहरुमा औषधी अभाव हुँदा दलित समुदायका विरामीलाई सास्ती भएको छ । मानिसको स्वस्थ्य जस्तो संवेदनशील विषमा राज्यले खेलवाड गरिनु हुन्न,त्यसैलै समयमै स्वस्थ्य केन्द्रहरुमा औषधी उपलब्ध गराउने हो की ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);