जानिराखौँ यि अवस्थामा पिउनु हुँदैन पानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, १७ कार्तिक । धेरै पानी पिउनु स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर हरेक कुराको आफ्नै सिमितता हुन्छ । आयुर्वेदका अनुसार पानी पनि आवश्यकताभन्दा बढी पिउनु राम्रो हुँदैन । आवश्यकता भन्दा बढी पानी पिउनाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ।

आयुर्वेदलाई आधार मान्ने हो भने यि अवस्थामा पानी पिउनु हुँदैन ।
 पल्टिएको बेला
 दिसा गरेर आउनासाथ
 पिसाब गरेर निस्कनासाथ
 दूध खाइरहेको बेला
 चिया खाइरहेको बेला
 चना खाइरहेको बेला
 भोजन गरिरहेको बेला
 भोजन गरेलगत्तै
 हिँडेर बेस्कन थाकेको बेला
 असिनपसिन भएको बेला
 कडा शारीरिक श्रम गरेर आउनसाथ
 व्रत सकिनासाथ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);