मृगौला बिगार्ने यि हुन् ५ खराब आचरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

एजेन्सी । खराब खानपिन र कतिपय खराब बानिले मृगौलामा नराम्रो प्रभाव जमाउन सक्छ । दिनहुँ दोहोरिने मानविय गल्तीले महत्वपूर्ण अंग मृगौलामा असर गर्ने गर्दछ । हामीले गर्ने मुख्य ५ गल्तीको कारण मृगौला ड्यामेज हुने चिकित्सकहरु बताउँछन् ।

यस्ता छन् मृगौला बिगार्ने खराब बानिहरुः
पिसाब रोकेर बस्नु
पिसाब रोकेर बस्दा पिसाब थैली भरिन जान्छ । जसको कारण पिसाब मृगौलाको तर्फ जान्छ र ब्याक्टेरियाको कारणले इन्फेक्शन हुन्छ ।


कम या ज्यादा पानी पिउनु
दैनिक ८ देखि १० गिलास पानी पिउनु उचित मानिन्छ । कम पानी पिउँदा शरीरमा भएको टक्सिन्सले किड्नी फंशनमा नकारात्मक असर पार्दछ । त्यस्तै ज्यादा पानी पिउँदा किड्नीमा प्रेशर पर्दछ ।


धेरै नुन खानु
खानामा धेरै नुन खाने बानि किड्नीको लागि राम्रो होइन । नुनमा पाईने सोडियमले ब्लड प्रेशर बढाउँछ जुसले किड्नीमा नकारात्मक असर गर्दछ ।


अनावश्यक औषधीको सेवन
साना तिना स्वास्थ्य समस्या हुँदा एन्टीबायोटिक खानु वा धेरै दुखाई कम गर्ने औषधीको सेवन गर्नुुेले मृगौलामा असर गर्दछ ।


धुम्रपान वा सुर्तिजन्य पदार्थको सेवन
चुरोट र सुर्तिजन्य पदार्थको सेवनले शरीरमा टक्सिन जमा गर्दछ । जसले किड्नी ड्यामेज गराउनुको साथै रक्तचाप समेत बढाउँछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);