एक अध्ययन भन्छ : धेरै जुस पिउनु स्वास्थ्यका लागि हानिकारक छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, १० भदौ । तपाईँलाई जुस पिउन कतिको मन पर्छ रु अझ ताजा फलको जुस पिउनाले तपाईँलाई अनेक स्वास्थ्य लाभ हुन्छ भनेर थाहा भएपछि त झन् जुस नियमित पिउनु हुन्छहोला। त्यसमा पनि यदि तपाईँ आफ्नो बढ्दो तौललाई नियन्त्रण गर्नका लागि त खानाको साटो जुस नै पिउने गरेको हामी भेट्छौं। तर, के तपाईँलाई थाहा छ ? तपाईँले पिउने जुसको मात्रा यदि धेरै भयो भने तपाईँको लागि फाईदा भन्दा बढी हानिकारक पनि हुन सक्छ भनेर।

 

लण्डन सरकारले हालै गरेको डाइट सम्बन्धी एक अध्ययन अनुसार, आफूलाई स्वस्थ तथा स्फूर्त बनाउन र विशेषगरी तौल कम गर्नका लागि पिउने जुसको मात्रा अत्याधिक भयो भने तपाईँको लागि हानिकारक हुन सक्छ भन्दै सचेत गराएको छ। यस विषयमा थप अध्ययन गर्न जुस धेरै पिउनेहरुलाई समावेश गरिएको छ । क्याम्ब्रीज मेडिकल रिसर्च काउन्सिल र ह्युमेल न्यूट्रिशन रिसर्च युनिटका प्रमुख सुजेन जेबले भने, ‘फलफूलको जुसमा जुन मात्रामा शुगर (चिनी) हुन्छ त्यो स्वास्थ्यको लागि राम्रो हुँदैन।’

 

उनका अनुसार, फलफूलको जुस धेरै पिउनु भन्दा फल खानु राम्रो हो भने जुस पिउदा त्यसमा पानी मिसाएर पिउनु राम्रो हुन्छ। युनिभर्सिटी अफ नर्थ क्यारोलिनाको अध्ययनमा फलको जुसले मोटोपन घटाउनुको साटो बढाउने गरेको दाबी गरेको छ। यस विषयमा अर्थात् जुस पिउनु कतिको फाइदाजनक हो भन्ने विषयमा अन्य अध्ययनहरु भने भइरहेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);