थाहा पाउनुहाेस् तपाईँकाे राशिफल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

थाहा पाउनुहाेस् तपाईँकाे राशिफल

काठमाडौं । आजको पात्रो : २९ मंसिर, १५ डिसेम्बर । मार्गशीर्ष शुक्लपक्ष द्वादशी तिथि, जनभाषामा मंसिर महिनाको अन्तिम दिन मसान्त हो । भोलिदेखि पुस महिना सुरु हुन्छ ।

अश्विनी नक्षत्र, शिव योग, चन्द्रमा मेष राशिमा छ । आज सूर्योदय बिहान ६ः बजेर ४८ मिनेटमा हुनेछ भने सूर्यास्त ५ बजेर ९ मिनेटमा हुनेछ । आज मध्यान्ह १२ देखि १ः१८ सम्म राहुकाल छ । राहुकालको समयमा शुभकर्म नगर्नुहोला । आर्थिक कारोबारका लागि बुधबारको दिन शुभ मानिन्छ । शिव योग परेको छ । देवता मित्र र ग्रहदेव बुध रहेको छ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन तपाईँले सोचेअनुसार प्रतिफल प्राप्त हुनेछ । तपाईँले गर्नुभएको कामको सम्मान हुनेछ । जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ । देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ । आज चन्द्रमाको साथ रहेकाले तपाईँले सत्कार्य गर्नुभयो भने मनमा प्रसन्नाता छाउने छ ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :  तपाईँका लागि आजको दिन त्यति अनुकुल देखिदैन । मानसिक चिन्ता, असन्तुष्टि रहन सक्छ । यात्राका लागि अवसर आउनसक्छ । त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु उत्तम हुनेछ । यात्रामा निस्कनुभन्दा पहिले नजिकै हरेको कुनै पनि देवीदेवताको दर्शन गरेर यात्रा गर्दा अनुकुल हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :  परिवार र आफन्तजनमा विवाद हुनसक्छ । आजको दिन मौन रहनु बेस हुनेछ । परिवारमा अनावश्यक विवाद हुनसक्छ । आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईँले सोचअनुसार काम नहुँदा हुने चिन्ताले तपाईँमा एकप्रकारको डर उत्पन्न भइरहन्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  धनप्राप्ति हुनेछ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । आज नयाँ कार्ययोजना बनाउनुहोस् सफलता मिल्नेछ । दाम्पत्य जीवनमा सुख र सहयोग प्राप्त हुनेछ । मित्रमण्डलीबाट प्राप्त सहयोगले तपाईको काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार र कामबाट तपाईँलाई सफलता मिल्नेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :  तपाईँको मनमा प्रसन्नता छाउने छ । धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजय प्राप्तिको खुसी छाउने छ । आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ । तपाईँमा केही घमण्डका कारण  आफैले गरेको कार्यबाट हानी हुनसक्छ । त्यसैले काम गर्दा होस् गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले ब्यापारको कामबाट लाभ हुनसक्छ । अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ । तपाईँलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  मनमा निराशा छाउनसक्छ । चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनेछ । आजको दिन विवाद हुने काम नगर्नुहोला । विवाद गर्दा तपाईँमाथि अनेक आरोप लगाउन सक्छन भने  हानी हुनसक्ने सम्भावना पनि रहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  व्यापारव्यवसायबाट लाभ हुने देखिन्छ । तपाईँको समयअनुकुल छ । कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ । छोटो यात्राले मनमा खुसी छाउने छ । शत्रुहले समेत तपाईँको कार्यप्रशसा गर्ने छन् । समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ ।  

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)  : तपाईँलाई साथ सहयोग दिने कुनै मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईँलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ । परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ ।

मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आजको दिन तपाईँका लागि उत्तम हो । त्यसैले जे काम गर्नुहुन्छ । सफलता प्राप्त हुनेछ । व्यापार, लेखन, र तपाईँले विगतदेखि गर्दै आएको जे काम भए पनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईँलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो आम्दानीको १० प्रतिशत रकमबाट भोका, गरिबलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  आजको दिन समय त्यति अनुकुल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूर्वतयारी गर्नुहोला । अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । आजको दिन अनुकुल देखिँदैन । नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला ।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :  व्यापारमा काम गर्नुहुने मीन राशिका जातका लागि दिन उत्तम छ । अध्ययन अनुसन्धानको काममा मन जानेछ ।  सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ । सुखीको खबर र तपाईँले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ । आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले मनमा उर्जा भरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);