झापामा १८ वर्षीया युवतीको पेटबाट निकालियो दश किलोको ट्युमर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

झापामा १८ वर्षीया युवतीको पेटबाट निकालियो दश किलोको ट्युमर

tuemor-Jhapa

फाईल तस्बिर

बिर्तामोड, १२ भदौ । झापाको भद्रपुरस्थित ओम साई पाथीभरा हस्पिटलमा एक युवतीको पेटभित्र रहेको करिब १० किलोको अण्डाशयको ट्युमरको सफल शल्यक्रिया मार्फत निकालिएको छ ।

 

मेचीनगर–१५ स्थित ज्यामिरगढीकी १८ वर्षीया युवतीको पेटभित्र रहेको ट्युमर चिरफार नगरी दूरबिन प्रविधिबाट निकालिएको हो ।

 

गत शुक्रबार ती युवतीको पेट एक्कासी दुख्न थालेपछि उनलाई ओमसाइमा भर्ना गरिएको थियो । उनको पेट असाधारणरुपमा सुन्निएकाले शल्यक्रिया गर्न सुझाव दिएपछि चिकित्सकको टोलीले सोही दिन ट्युमर झिकेर फालिदिएको हो ।

 

करिब दुई घण्टा लगाएर ट्युमरको सफल शल्यक्रिया गरिएको डा. शशि सिंहले बताएका छन्। उनका अनुसार सानो आकारको तीन वटा प्वाल बनाएर पेटभित्र रहेको ट्युमरको शल्यक्रिया गरिएको हो ।

 

शल्यक्रियामा डा. सिंहसहित डा सुमन सिंह र डा मुस्कान सिंह सहभागी थिए । चिकित्सकका अनुसार यति ठूलो ट्युमर कमैमात्रामा हुने गरेको छ । ती युवतीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र केही दिनमै घर पठाइने अस्पतालले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);