औषधी अभाव, मारमा बिरामी | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

कपिलवस्तु, १९ कार्तिक। कपिलवस्तुका स्वास्थ्य चौकीहरुमा औषधी अभाव भएकाले बिरामी मारमा परेका छन् ।

अधिकांश स्वास्थ्य चौकीहरुमा औषधि अभाव हुँदा विरामी मारमा परेका हुन् । स्वास्थ्य चौकीहरुमा जीवनजल, सिटामोल, एन्टिबायोटिक आइरन, लगायतका औषधी अभाव भएको बरकलपुर स्वास्थ्य चौकीका अहेव पिताम्वर पन्थीले जानकारी दिएका छन्।

औषधी खरिद गर्ने जिम्मा पाएको स्थानीय तहले खरिद प्रकृया अगाडी नबढाउदा औषधी अभाव भएको हो । अभाव भएको औषधी मंसिर पहिलो हप्तासम्म स्वास्थ्य चौकीहरुमा पुग्ने स्वास्थ्य कार्यालयका प्रमुख मगतप्रसाद यादवले बताए।

कपिलवस्तुमा ३ वटा अस्पताल,२ बटा प्राथमिक स्वास्थ्य केन्द्र,७४ बटा स्वास्थ्य चौकी छन् ।

 

ताजा समाचार