उपराष्ट्रपतिका छोरा पुन र पर्यटन व्यवसायी टासीको सहयोगले मख्ख परे राउटे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, १९ कार्तिक । राउटेहरुको आफनै संस्कार र नियम छ । उनीहरुको बसाई र लवाई खवाई चलनचल्तीको नेपाली समाज भन्दा निकै पृथक छ । यसैबिच जाडोको सिजन सुरु भएसँगै पाँच जना राउटेको एक समूह गत बिहीबार प्रधानमन्त्रीको सचिवालय पुग्यो । सुर्खेतबाट सिधै काठमाण्डौ आएको त्यो समूहमा उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनका मित दिपक शाही पनि साथै थिए ।

खानेकुरा सकिएको र जाडो मौसम पनि सुरु भएकाले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अन्य पार्टीका शीर्ष नेतासँग भेटेर सहयोग माग्ने र कठ्याङ्ग्रीदो जाडोबाट बच्नको लागि कम्मल, सिरक लगायतका सामाग्री लिन उनीहरु काठमाण्डौ झरेका हुन् ।

तर, राउटेको समूहलाई प्रधानमन्त्री देउवाले भेट्न मानेनन् । प्रधानमन्त्री देउवाको सचिवालयमा फोन गरेर भेट्ने समय पनि उपलब्ध गराइदिन आग्रह गरे । तर, देउवा धनगढी जान लागेको भन्दै देउवाको सचिवालयले समय नदिएपछि उनीहरु निकै मन दुखाएका छन् ।

प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्तिप्रति निराश बनेका उनीहरुले उपराष्ट्रपतिका छोरा दिपेश पुन र पर्यटन व्यवसायी टासी लाक्पा शेर्पालाई फोन गरे । पुन र शेर्पाले फोनमार्फत नै उनीहरुको समस्या बुझे र शुक्रबार भेट्ने प्रतिवद्धता व्यक्त गरे ।
शुक्रबार बेलुका राउटेहरुलाई भेटेर पुन र शेर्पाले उनीहरुलाई ८० वटा कम्बल सहयोग गरे । एउटा घरमा २ वटा गरी ४० परिवारलाई शेर्पा र पुनले कम्बल सहयोग गरेका हुन् । राउटेहरुको आउने जाने खर्च समेत हेरिदिएको टासी लाक्पा शेर्पाले बताए ।

केही समय अघि आगोले पोलेर घाइते भएका राउटेको राजाको छोरा कपिललाई पुन र शेर्पाले काठमाडौं ल्याई वीर अस्पतालमा उपचार गराएर नयाँ जीवन दिएका थिए । त्यो सहयोगवाट राउट शेर्पा र पुनप्रति निकै प्रशन्न छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);