वीर अस्पतालमा बेवारिसे विरामीको बिजोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

काठमाडौँ, १९ कार्तिक। पछिल्लो समय देशका विभिन्न अस्पतालमा बेवारिसे बिरामीको संख्या बढ्दै गएको छ । यस्ता विरामीका लागि विभिन्न कोष मार्फत अस्पतालले उपचार गर्दै आएपनि दीर्घकालिन रोग लागेका बिरामीहरु भने जीवन निर्वाह गर्न आवश्यक तालिम दिदैँ हेरविचार गरिदिने संघसस्थाको खोजीमा छन् ।

बर्दिया घर भएका २६ वर्षीया भीमबहादुर बोहोरा ४ महिनादेखि राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । कामको सिलसिलामा चिप्लो बाटोमा लडेर घाइते भएका उनलाई प्रहरीले बेवारिसे बिरामी भनेर गत साउन २६ गते ट्रमा सेन्टरमा भर्ना गरिदिएको थियो । उनको कम्मरदेखि तलको भाग चल्दैन । आमाले सानैमा छाडेर हिडेपछि वेवारिसे भएका उनलाई आफ्नो भन्न कोही आएको छैन ।

धादिङका २० वर्षीया दावन तामाङ पनि हालत उस्तै छ । गत साउनदेखिनै ट्रमा सेन्टरमा उपचाररत दावनको मेरुदण्ड भाचिएको कारण उनी हिडडुल गर्न सक्दैनन् । आमावाबु धादिङमा रहेको उनले बताएपनि उनको खोजीमा अहिलेसम्म कोही आफन्त आएका छैनन ।

भीमबहादुर र दावन त प्रतिनिधि पात्र मात्रै हुन् । ट्रमा सेन्टरमा आउने अन्य वेवारिसे विरामीको अवस्था पनि उनीहरुको भन्दा कम छैन । हाल सामाजिक इकाइ कोष मार्फत ट्रमा सेन्टरले वेवारिसे बिरामीको उपचार गरिरहेको छ । तर सधै अस्पतालमा नै राख्न कठिन भएकाले विरामीको उद्धार तथा हेरचाहका लागि अस्पताल अन्य संस्थाहरुको सहयोगको खोजीमा छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);