ललितपुरको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

ललितपुरको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा तीन जना गम्भीर घाइते

ललितपुर। ललितपुरका छुट्टाछुट्टै स्थानमा हिजो बेलुकी र राती भएका सवारी दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । ललितपुरको गोदावरी नगरपालिका–६ आनन्दवनमा हिजो बेलुकी सवा ८ बजे बा ५१ प ७३०८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिदा चालक गम्भीर घाइते भएका छन् । ललितपुरकै बाग्मती गाउँपालिका ३ नयाँगाउँका अन्दाजी २२ वर्षीय आकाश लोप्चन घाइते भएका हुन् । महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उनको उपचार भइरहेको छ । यस्तै ललितपुरकै महालक्ष्मी नगरपालिका–१ इमाडोलमा गएराती बा ३१ प २०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई भित्तामा ठोकिदा चालक घाइते भएका छन् । घाइते भएका ललितपुरको महालक्ष्मी नगरपालिका–८ फुलबारी चोकका २५ वर्षीय सुमन विशंखेलाई उपचारको लागि ग्वार्को स्थित बी एण्ड बी अस्पताल पठाइएको प्रहरी प्रभाग इमाडोलले जनाएको छ ।  ललितपुरकै हात्तिवन ओरालोमा हिजो साँझ ६ बजे बा २ ख २५७१ नम्बरको माइक्रो बसमा  बा ३९ प ३१७२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।

घाइते भएका ललितपुरकै हरिसिद्धी बस्ने नुवाकोटको तारुन्का घर भएका अन्दाजी २३ वर्षीय रमेश श्रेष्ठको उपचार पाटन अस्पतालमा भइरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);