वाम लोकतान्त्रिक गठबन्धनको भविष्य अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वाम लोकतान्त्रिक गठबन्धनको भविष्य अन्योलमा

काठमाडौं । केपी ओली सरकारलाई विस्थापन गर्दै संसद पुनस्थापना र लोकतन्त्र संस्थागत गर्ने भन्दै काँग्रेस, माओवादीलगायतका ५ दलहरुको वाम लोकतान्त्रिक गठबन्धनको भविष्य अन्योलमा देखिएको छ । गठबन्धन बन्दा साझा उद्देश्य रहेतापनि पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुमा मत बाझिएको छ ।

नेपाली काँग्रेस नेतृत्वको ५ दलीय गठबन्धनको भविष्य अहिले अन्योलमा रहेको छ । विशेष गरेर एमसीसी पास गराउने वा नगराउने भन्ने विषयमा गठबन्धनमा साझा धारणा बनेको छैन । प्रधानमन्त्री शेरवहादुर देउवाको पछिल्लो अभिव्यक्तिहरुबाट नेपाली काँग्रेस एमसीसी पास गराउने पक्षमा रहेको स्पष्ट छ । यता गठबन्धनका अन्य घटक नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी भने यथास्थितिमा एमसीसी पास गर्न नसकिने अडानमा छन् ।एमसीसीको सवालमा गठबन्धनबाट साथ नपाएपछि अहिले प्रधानमन्त्री देउवा गठबन्धनप्रति असन्तुष्ट रहेको र गठबन्धनबाट बाहिरिन सक्ने विश्लेषण हुन थालेको छ । तर काँग्रेस नेताहरु यसको खण्डन गर्छन ।

एमसीसी मात्र नभई निर्वाचनको सवालमा पनि नेपाली काँग्रेसको मत प्रमुख प्रतिपक्षि नेकपा एमालेसँग मिलेको देखिन्छ । निर्धारित समय अगावै निर्वाचन गर्न सके फाइदा हुने काँग्रेसको ठहर छ । तर माओवादी केन्द्र र एकिकृत समाजवादी समयअघि जनतामा गईहाल्ने पक्षमा छैनन् । पछिल्लो राजनीतिक अवस्थाका बारेमा गठबन्धनको स्वरुपनै परिवर्तन हुन सक्नेखालका प्रतिक्रिया नेकपा एमालेले दिईरहेको छ ।

तर नेकपा एकिकृत समाजवादीले भने एमसीसी लगाएत अन्य विषयमा गठबन्धनमा प्रधानमन्त्रीको औपचारीक असन्तुष्टि नआएकाले यो विषयमा टिका–टिप्पणी गर्नु आवश्यक नरहने तर्क गर्छ । उद्देश्य अनुरुप विनाअवरोध गठबन्धन अगाडी बढिरहेको नेकपा एकिकृत समाजवादीका नेता गंगालाल तुलाधरको दावी छ ।

पछिल्लो समय माओवादीले कर्णाली प्रदेशमा आफ्नै सरकारको निरन्तरता चाहेपछि सहमति अनुसार त्यो हुन नहुने भन्दै नेपाली काँग्रेस चिढीएको छ । यसबाट सत्तारुढ गठबन्धनमा खटपट सुरु भइसकेको स्पष्ट हुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);