वीर अस्पतालको फार्मेसीमा समेत विरामीले खोजेको औषधी पाइँदैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

वीर अस्पतालको फार्मेसीमा समेत विरामीले खोजेको औषधी पाइँदैन

वीर अस्पतालको फार्मेसी

प्रमिला भण्डारी
काठमाडौं, ६ असार । सरकारी अस्पतालका फार्मेसीहरुमा पाईने औषधी निजी फार्मेसीको तुलनामा कम मुल्यमा पाईन्छ, तर सरकारी अस्पतालका फार्मेसीमा धेरैजसो औषधी अभाव हुने गरेको उपभोत्ताहरुको गुनासो छ ।

थोरै औषधी मात्र अस्पतालको फार्मेसीमा पाईने भएकोले बाहिरका महङ्गा फार्मेसीमा औषधी खरीद गर्न विरामी र विरामीका आफन्त बाध्य छन् । यो समस्या नेपालको जेठो अस्पताल वीर अस्पतालमा पनि छ ।

धेरैजसो विरामीको रोजाईमा पर्ने सरकारी अस्पतालहरुमा औषधी अभावको समस्या हुने गरेको छ । अस्पतालकै फार्मेसीमा औषधी उपलब्ध हुन सके राहत पुग्ने सेवाग्राहीको भनाई छ । अस्पतालमा निशुल्क पाईने औषधी समेत नहुँदा सेवाग्राहिहरु बाहिरका फार्मेसीबाट महङ्गोमा औषधी किन्न बाध्य भएका हुन् ।

बाहिरका फार्मेसीमा भने प्राय सबै किसिमका औषधी किन्न पाईने र यदि कुनै औषधी नपाईएको खण्डमा पनि फार्मेसीहरुले अन्य ठाउँमा खोजेर भएपनि उपलब्ध गराईदिने सेवाग्राहिको भनाई छ ।

यो गुनासो राजधानीकै केन्द्रमा रहेको वीर अस्पतालको हो । नेपालकै जेठो अस्पतालकै अवस्था यस्तो छ भने अन्यको हालत के होला ? अस्पतालमा आउने अधिकांस बिरामीहरु औषधी नपाएर चिन्तीत बनेका छन् । यसका साथै अस्पतालमा उपचारका लागी चाहिने आवश्यक सामागी्र समेत नभएको सेवाग्राहीको गुनासो छ ।

यता अस्पताल प्रशासनले भने औषधीको अभाव कुनै कुनै समयमा मात्र हुने गरेको बताएको छ । एउटै औषधी धेरै ब्राण्डको हुने भएकोले सबै ब्राण्डको औषधी भने नभएको अस्पतालले जनाएको छ । तर विरामीहरुले डाक्टरले जुन ब्राण्डको औषधी लेखिदिएको छ, त्यहि औषधी खोज्ने भएकोले अस्पतालको फार्मेसीमा औषधी उपलब्ध हुन नसकेको अस्पताल प्रशासनको भनाई छ ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको फार्मेसी निर्देशिका २०७२ मा फार्मेसी अस्पतालकै स्वामित्वमा रहनुपर्ने, फार्मेसी सेवा दक्ष जनशक्तिद्वारा सञ्चालन गरेको हुनुपर्ने, फार्मेसीमा बिक्रि वितरण गरिने औषधी फार्मेसी कमिटीले व्यवस्थापन गनुपर्ने, बिरामीलाई सहुलियत दरमा औषधी उपलब्ध गराईनुपर्ने उल्लेख छ । तर यो निर्देशिका कागजमा मात्र सिमित भएको देखिन्छ । यसलाई कार्यन्वयन गर्न सकेमा मात्र सोवाग्राहीले लाभ पाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);