औषधी उत्पादनमा नेपाल अझै आत्मनिर्भर बन्न सकेन | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

औषधी उत्पादनमा नेपाल अझै आत्मनिर्भर बन्न सकेन

nepali aushadhi

काठमाडौं, ७ असोज । नेपाल औषधीमा आत्मनिर्भर हुने प्रयासमा छ । तर पनि अझै बिभिन्न देशहरुबाट औषधी आयात हुने गरेकै छ । आत्म निर्भर हुनै प्रयासमै औषधी निती २०५१ लागु भयो । तर सोचे जस्तो उत्पादन गर्न नसक्दा नेपाल औषधीमा आत्मनिर्भर हुन धेरै समय लाग्ने देखिएको छ ।

मानिसको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको औषधीमा नेपाल विस्तारै आत्मनिर्भर बन्दै जानु व्यवसायीहरुको मात्र फाइदाको विषय होइन, यो राष्ट्रको प्रगतिको मापक पनि हो । तर सरकारी निती तथा ऐनका कारण र औषधीको कच्चा पर्दाथमा लाग्ने बिभिन्न किसिमका करका कारण नेपाल औषधीमा आत्मनिर्भर हुन नसकिरहेको उत्पादकहरुको गुनासो छ ।

नेपालमा मुख्य गरी छिमेकी मुलुक भारतबाट औषधी माग आयात हुने गरेको छ । नेपालमा औषधी उत्पादन गर्ने भनेर १६ हजार कम्पनीहरुको दर्ता भएका छन् । नेपाली औषधी उत्पादन कम्पनीहरुले मागको आधा जति आपूर्ती गरिरहेकोे औषधी व्यवस्था बिभागका व्यवस्थापक पान बहादुर क्षेत्रीको भनाइ छ ।

नेपालमा रुघाखोकी, आउँ, औलो ज्वरो, झाडापखाला, मुटु, बाथरोगलगायत ३७ प्रकारका रोगको औषधी उत्पादन भइरहेको छ । मानिसको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने औषधीमा गुणस्तर पनि महत्वपुर्ण बिषय हो । नेपालको औषधी अन्य मुलुकको औषधीको तुलनामा केही महँगो र कम गुणस्तर हुन्छ भन्ने सर्वसाधारणको बुझाइलाई चिर्नु जरुरी छ ।

नेपाल सरकारले करको दायरालाई फराकिलो बनाउनदा यसको प्रत्यक्षमार परिरहेको औषधी उत्पादन कम्पनीहरुको गुनासो छ । भारत लगायत अन्य मुलुकबाट आउने र नेपालमै उत्पादन हुने एकै किसीमका औषधीहरुको मुल्यपनि फरक हुने हुँदा भारतीय औषधी बढी बिक्रि हुने औषधी व्यवसायीको भनाइ छ ।

नेपालमा मागको तुलनामा ४५ प्रतिशत मात्रै औषधी उत्पादन भइरहेको छ । औषधी उत्पादन बृद्धि गर्न सरकारी स्तरबाट पनि पहल हुनु आवश्यक छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);