कर्णालीको प्रदेश आयुर्वेदिक औषधालयको अवस्था नाजुक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्णालीको प्रदेश आयुर्वेदिक औषधालयको अवस्था नाजुक

विवश कुमार सेजुवाल
सुर्खेत, १७ साउन । कर्णाली प्रदेशको प्रदेश औषधालयमा अधिकांश विरामीहरु टाढा टाढाबाट उपचारका लागि आउने गरेका छन् । यो औषधालयले यस क्षेत्रका स्थानीयको विश्वास जितेको छ । यहाँको उपचार राम्रो हुने स्थानीयहरु बताउँछन् । विगतमा औषधालयले स्थानीयको विश्वास जिते पनि अचेल औषधालयले विश्वास गुमाउँदै गएको छ । औषधालयमा औषधी भने जति नपाइनु र डाक्टर भनेको बेला नभेटिंदा विश्वास घटेको हो ।

कर्णाली प्रदेश औषधालय २०५० सालमा स्थापना भएको हो । अहिले यो अस्पतालमा स्थापनाकालमा ल्याईएका जापानी प्रविधीका ३ वटा मेसिन काम नलाग्ने भएर बिग्रीएका छन् । ड्राई मेसिन, स्टीप मेसिन, डिक्स् मिल पाउडर मेसिन अहिले बिग्रिएको अबस्था छ ।

यो औषधालयमा आयुर्वेदिकका विभिन्न औषधिहरु उत्पादन भएर प्याकिङ हुने र सबै किसिमका औषधिहरु कर्णाली प्रदेशका १० वटा जिल्लामा निसुल्क बितरण गर्ने भनेर योजना बनाईएको छ तर मेसिनको अभावले पाउडर उत्पादन गर्ने मेसिन मात्रै संचालनमा आएको छ ।

ल्याएको एक महिना पनि नपुग्दै ती मेसिनहरु चलेनन् । ती मेसिनहरु बनाउनको लागी जनशक्ती पनि नहुँदा संचालनमा अप्ठेरो परेको छ ।

औषधालय प्रदेश सरकारको भए पनि अहिलेसम्म तलब स्थानिय सरकारबाट दिने गरिएको छ । पुराना मेसिनहरु मध्य पाउडर बनाउने मेसिन मात्रै प्रयोगमा आएको छ । अरु मेसिनहरु डिस भाँचिएर प्रयोगमा आउने अबस्थामा छैन । अहिले मेसिन नहुँदा औषधी बनाउन समस्या भएको छ ।

कर्णाली प्रदेश सरकारले आयुर्वेध औषधालयलाई प्रदेश आयुर्वेद अस्पतालका रुपमा विकास गर्ने तयारी गरेको छ । धेरै किसिमका आयुर्वेधहरुलाई यतै औषधि उत्पादन गर्ने योजना रहे पनि आवश्यक कर्मचारी नहुँदा समस्या परेको देखिन्छ ।

यसरी औषधी उत्पादन गर्ने मेसिनहरु बिग्रिदा, औषधी अभाव र पर्याप्त कर्मचारी नहुँदा कर्णाली प्रदेश औषधालय अहिले दिनप्रतिदिन नाजुक बनिरहेको छ । यसलाई प्रभावकारी संचालनमा ल्याउन सरोकारवाला पक्षले अझै गंभिर ध्यान दिएको पाईदैन ।

यसलाई प्रभावकारी संचालनमा ल्याउन सकेमा कर्णालीका १० जिल्लाले सेवा पाउने अनि कर्णालीलाई औषधीमा आत्मनिर्भर बनाउन सकिने विश्वास गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);