बजारमा कति महिना औषधी अभाव हुँदैन ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बजारमा कति महिना औषधी अभाव हुँदैन ?

काठमाडौं, ११ जेठ । सरकारले लकडाउन गरेको लामो समय भए पनि अहिलेसम्म बजारमा औषधीको अभाव देखिएको छैन। अहिले नियमित उत्पादन भइरहेको र औषधी मौज्दात पनि भएकाले अभाव नहुने देखिएको छ । अझै चार पाँच महिनाका लागि पुग्ने औषधी बाँकी रहेको औषधी व्यवस्था विभागले जनाएको छ ।

लकडाउन पछि केही समय यातायातका कारण कतिपय ठाउँमा औषधी ढुवानीमा समस्या देखिए पनि अहिले ढुवानी सहज बन्न थालेको छ।
सरकारले लकडाउन जारी राखिरहँदा औषधीको उत्पादन, आयात र ढुवानी गर्नेलाई पास उपलब्ध गराएको छ र ती सवारीलाई छुट दिइएको छ । नेपालमा विदेशबाट आउने औषधीमध्ये ८० प्रतिशत भारतबाटै आउने गरेको छ ।

भारतमा लकडाउनको सुरुवाती दिनका अवस्थामा १३ प्रकारका औषधी र कच्चा पदार्थ रोकिएकाले समस्या भएको थियो । अहिले भारतबाट नियमित औषधी आएकाले कुनै पनि औषधीमा समस्या भएको छैन ।

नेपालमा उपभोग हुने औषधीमध्ये ४५ प्रतिशत स्वदेशी उत्पादन र ५५ प्रतिशत विदेशी उत्पादन आयात हुने गरेको छ । अहिले स्वास्थ्य सेवा विभाग आफैंले पनि केही औषधी बोलपत्र गरेर खरीद प्रक्रिया अघि बढाएको छ ।

स्वदेशी उत्पादकले लकडाउन पहिले ल्याएको बाँकी रहेको कच्चा पदार्थबाट औषधी उत्पादन गरिरहेका छन् । नेपालमा उत्पादन हुने औषधीको कच्चा पदार्थमध्ये धेरै चीनबाट आयात हुने गरेको छ । अहिले कच्चा पदार्थको मूल्य वृद्धि भएको स्वदेशी उत्पादकले बताएका छन् ।

भारतमा पनि आवश्यक कच्चा पदार्थको अभाव हुँदा आवश्यक मात्रामा औषधी उत्पादन हुन सकेको छैन । औषधि आउँदा पनि कत्तिको गुणस्तरीय औषधी भन्ने कुरा पनि महत्वपूर्ण हुने गर्दछ र समयमा नै यी कुरामा ध्यान दिनु पर्दछ । औषधीजस्तो अत्यावश्यक वस्तुमा अरुको भरपर्नु भन्दा आफ्नै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न जरुरी देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);