पूर्वराजाको तस्बीर अंकित नोट अयोग्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

पूर्वराजाको तस्बीर अंकित नोट अयोग्य

nepal rastra bank

काठमाडौं,१२ जेठ । अब नेपालमा पूर्व राजाहरुको तस्बीर भएको कुनैपनि नोट नचल्ने भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले पूर्वराजाहरुको तस्बीर अंकित नोटलाई अयोग्य नोटको रुपमा बर्गिकरणमा गर्दै चलनचल्तीमा नल्याउने निर्णय गरेको हो ।

राजतन्त्रको अन्त्य भएउको झण्डै दुई दशक हुँदासम्म पनि पूर्व राजाहरुको तस्बीर अंकित नोटहरु बजारमा प्रसस्त चलनचल्तीमा रहेका छन् । राष्ट्रबैंकले त्यस नोट बापत चलनचल्तीका अर्को नयाँ नोट दिने बताएको छ ।

त्यसैगरी झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, पानीले भिजेको, नोटमा रहेको अक्षर, अंक चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको, लेखिएको, कारिएको वा च्याचिएका नोटलाई बैंक तथा वित्तीय संस्थाले पुनः निष्काशन नगर्न परिपत्र मार्फत निर्देशन दिएको छ ।