राष्ट्र बैंकले जलायो ४ खर्ब ७६ अर्बका पुराना नोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १९ चैत । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ७६ अर्ब ९ करोड १९ लाख ६१ हजार ८५० रुपैयाँ जलाएको छ । बैंकले झुत्रा, मैला एवं खण्डित नोटलाई जलाएको हो । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको १८ चैतसम्म ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार ३३३ रुपैयाँ जलाइएको छ । त्यस्तै, आव २०७४÷७५ मा ५६ अर्ब ४० करोड ५७ लाख ७० हजार ३३८ र आव २०७३÷७४ मा २५ अर्ब ७५ करोड ४२ लाख १० हजार ४९५ रुपैयाँ नष्ट गरेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आव २०७२÷७३ मा २६ अर्ब २७ करोड ७८ लाख ४३ हजार ७०५ रुपैयाँ पुराना तथा झुत्रा नोट नष्ट गरेको थियो । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार विभिन्न बैंक तथा राष्ट्र बैंकका विभिन्न शाखाबाट संकलित नोट फेरि चलनचल्तीमा नआऊन् भन्ने उद्देश्यले लेखाजोखा गरी जलाउने गरिन्छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले भने, ‘संकलित पुराना तथा झुत्रा नोट केन्द्रीय बैंकमा जम्मा भएपछि पुनः चलनचल्तीमा ल्याइँदैन । कानुनी प्रक्रिया पु¥याएर जलाइन्छ ।’

राष्ट्र बैंकका अनुसार पछिल्ला वर्षमा नष्ट गर्नुपर्ने त्यस्ता पुराना तथा झुत्रा नोटको परिमाण बढ्दो छ । सर्वसाधारणले नोटको प्रयोगमा हेलचेक्र्याइँ गरेकाले त्यस्ता नोटको परिमाण बढेको हो । राष्ट्र बैंकका अनुसार सामान्यतया नोटको आयु ठूला–सानामा फरकफरक हुने गर्छ । ५ सय र हजार रुपैयाँ दरका नोटको आयु साढे तीन वर्षभन्दा बढी र पाँचदेखि सय रुपैयाँ दरका नोटको आयु साढे दुई वर्षको हुने गर्छ । तर, यो राष्ट्र बैंकको अनुमानित आयु मात्रै हो । यो आयु अध्ययनमा आधारित भने होइन ।

राष्ट्र बैंकका अनुसार पुराना, झुत्रा, लेखिएका मैला, च्यातिएका तथा अंगभंग भएका नोट केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग र राष्ट्र बैंकअन्तर्गतका उपत्यकाबाहिरका सातवटा शाखामा संकलन गरिन्छ । म्याद गुज्रिएका त्यस्ता झुत्रा नोटमा रातो ट्याग लगाएर राखिन्छ । जलाउन तयार पारिएका ५ सय र हजार दरका नोटका विभिन्न चार स्थानमा मेसिनद्वारा प्वाल पारेर जलाइन्छ । प्वाल पार्नुको अर्थ सो नोट पुनः प्रयोग नहोस् भन्ने भए पनि साना दरका नोटमा भने प्वाल नपारिने राष्ट्र बैंकले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);